माइजोगमाई : इलामको माइजोगमार्ई गाउँपालिकाले मुटुरोगी र क्यानसर पिडितलाई आर्थिक सहयोग गरेको छ ।
गाउँपालिकाले माइजोगमाई ४ नामसालिङ्गका मानवीर लिम्बू खापुङ र माइजोगमाई ५ सोयाङका पासाङ शेर्पालाई आइतबार २० हजारका दरले आर्थिक सहयोग गरेको हो ।
लिम्बू आमाशयमा क्यान्सर भई हाल भरतपूर क्यान्सर अस्पतालमा उपचार गराइरहेका छन् भने शेर्पा लामो समय देखि मुटु रोगबाट पिडित भई उपचार गराई रहेका छन् ।
लिम्बू र शेर्पाको आर्थिक अवस्था कमजोर रहेकाले गाउँपालिकाको विपन्न आथिक साहयता कोषबाट आर्थिक सहयोग गरिएको गाउँपालिका श्रोतले जानएको छ ।