असिना पानीले लाखौंको क्षति

इलाम : पश्चमी वायुको प्रभावसँगै शनिबार ४ घन्टा परेको असिना पानीले किसानको बालीनालीमा ठूलो नोक्सानी पुर्‍याएको छ ।

जिल्लाको माइजोगमाई गाउँपालिकाका किसानले सयौं हेक्टरमा लगाएको आलु राम्ररी उम्रन नपाउँदै क्षति पुर्‍याएको छ । महँगो मुल्यमा किनेर रोपेको आलु फल्न नपाई असिनाले लगेकोले आलु किसान अतिखेर चिन्तित बनेका छन् । ‘महँगो मुल्यमा आलुको विउ किनेर केही गरौं भनेको फल्न नपाई असिनाले लग्यो, अब के गर्ने’  माईजोगमाईका आलु किसान दिलमाया थेबे चिन्ता व्यक्त गर्छन् ।

केही दिन अगाडि परेको पानीले राहत मिलेपनि शनिबार असिना पानीले आलु सखाप परेकोले कसरी वर्ष दिनको घरखर्च टार्ने भन्ने पीर माइजोगमाइकै यसोदा राईलाई पनि सुरु भएको छ । माईजोकमाइकै आइन्द्र थेबेले आलु खेतीबाट बर्सेनि लाखौं नगद भित्राउँथे, तर यो पटक आलु खेतीबाट एकै रुपैयाँ आम्दानी नहुने हुँदा धेरै पीर परेको गुनासो गर्छन् ।

सब्जीको राजा मानिएको आलु खेती असिना पानीले एकसाथ लगिदिएपछि लेकाली आलुकिसानहरुलाई घर खर्च टार्न गार्हो हुने देखिन्छ । विशेष आलु खेती मात्र हुने र भारतीय बजारमा राम्रो मुल्यमा निर्यात हुँदै आएको छ ।

असिना पानीले आलु मात्र नभैई किसानको करेसा बारीमा लगाएको साग, कोपी, धनिया, मटर, रायो माटोमा बिलाएकोले सब्जिकै हाहाकार हुने देखिएको छ ।

अलैंचीलाई पनि छोडेन

खोल्सीको कालो सुनको उपनामले चिनिएको र किदानको सबैभन्दा छिटो जीवन उकास्न सहयोग गर्ने अलैंचीलाई पनि असिनापानीले असर पारेको छ । माईजोगमाइको तल्लो भेगमा फुल फुल्ने समय भएकोले असिना आउदा अलैंचीको कोसालाई धेरै असर पर्दा मर्ने हुँदा अलैंची फल्दैन ।

किसानले १ महिना अगाडी अलैंची बारीमा मलजल गरेर छोडेको अहिले फुल फुल्ने समयमा असिनाले फुल मारेको हुँदा अलैंची कम फल्ने अनुमान किसानहरुको छ । केहि दिनअघि परेको पानीले अलैचिलाई खडी लाग्नबाट जोगाए पनि असिना पानीले भने धेरै असर पुर्‍याएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार