चट्याङले एकको मृत्यु ,एक घाईते

पाँचथर : चट्याङ् लागेर पाँचथरको फाल्गुनन्द गाँउपालिकामा एक जना मृत्यु भएको छ भने एक जना घाईते भएका छन् ।

फाल्गुनन्द गाँउपालिका–३ पौवासारतापमा १७ बर्षिय भगेन्द्र तामाङको मृत्यु भएको हो भने उनकै भाई भाई ११ बर्षिय मनकुमार तामाङ घाईते भएका छन् ।

घरमा ओत लागेर बसेको क्रममा चट्याङ पर्दा मृत्यु भएको पाँचथरका प्रहरी प्रमुख डिएसपि नरेन्द्र कुवरले जानकारी दिए । घाईतेलाई प्रहरीको भ्यानले सदरमुकाम फिदिम सम्म उद्वार गरेको थियो ।

पाँचथर अस्पतालमा प्राथमिक उपचार पछि झापा रिफर गरीएको छ । यस्तै, फालेलुङ गाँउपालिका –५ प्राङवुङमा फौदमान तामाङको घरमा चट्याङ पर्दा आठ जना घाईतेको प्रहरीले जनाएको छ । उनीहरुको स्थानिय स्वास्थ्य केन्द्रमा उपचार भईरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार