इलाम : अस्थाई काठको पुलवाट खोला तर्नु पर्ने वाध्यता रहेको सन्दकपुर गाउँपालिकाकोे जुमना र सुलुवुङबीच माइखोलामा पक्की पुल निर्माण भइरहेको छ । जोखिमयुक्त काठेपुलवाट जोखिम मोलेर खोला तर्नु पर्ने वाध्यता हटेपछि स्थानीय उत्साही भएका छन् ।
दैनिक डेढ दर्जन धेरै सवारी साधान आउजाउ गर्ने यस स्थानमा बर्षौदेखि पक्की पुलको माग भए पनि यो वर्ष मात्र निर्माण सुरु भएको हो । चालु आर्थिक वर्षमा नै काम सक्ने गरी पुल निर्माण भइरहेको निर्माण कम्पनीले जनाएको छ ।
स्थानीय विकास मन्त्रालयको डोलिडार कार्यक्रममार्फत तीन करोड १७ लाख रुपैया“को लागतमा पुल निर्माणाधिन छ । यो सहित मेची राजमार्गको राजदुवालीमाथि निर्माण सम्पन्न र निर्माणाधिन गरी पक्की पुलको संख्या सात पुग्नेछ । ‘पर्यटन विकासमासमेत विभिन्न काम भइरहेको अवस्थामा पुल बनेपछि स्थानीयले धेरै फाइदा लिन सक्नेछन्,’ वडाध्यक्ष जितवहादुर सा“वाले भने, ‘ढापपोखरी, हा“गेथाम, चोयाटार, जौवारीलगायत पर्यटकीय क्षेत्रमा पुग्नकालागि सडकसमेत स्तर उन्नती भइरहेको छ ।’
भारतको दार्जिलिङस“ग सिधा सम्पर्क भएकाले राणा शासन कालमा नै यो बाटो पूर्वका विभिन्न जिल्लाका बासिन्दाले उपयोग गर्दै आएका थिए । त्यसै कारण छिमेकी गाउ“ प्याङ निवासी चन्द्रपाल थेवेका छोराहरुले वि.सं. १९६० सालमा झोलुङ्गे पुल निर्माण सुरु गरेर १९६५ मा सम्पन्न गरेका थिए । केहि वर्षअघि सम्म त्यही पुल मार्फत आउजाउ गर्नु पर्ने विकल्प थियो । सडक खुलेपछि अस्थाई पुलवाट सवारी साधन वारपार भए पनि पैदल यात्रुले पुरानो झोलुङ्गे पुलवाट आउजाउ गर्ने गरेका थिए । अहिले भने पुरानो झोलुङ्गे पुल नजिकै अर्को नया“ झोलुङ्गे पुल निर्माण भएको छ ।
आउजाउ र नगदेवाली बिक्रीस“गै उपभोग्य सामाग्री ल्याउन लैजानसमेत पक्की पुल वनेपछि सहज हुने छ ।
काठे पुलवाट जोखिमयुक्त ढंगले गाडी चल्न निषेध गर्दै जिल्ला प्रशासनले समेत नया“ पुल बनाउन दबाब दिएको थियो । यता सुम्वेकस“ग जोडिएको प्याङमा भने भने अझै पक्कीपुल बन्ने निश्चित छैन ।
बिब्ल्याटेवाट प्याङ जोड्ने सडकको सोमवारे बेसीमा पुल नहुदा खोलावाट नै सवारी साधन गुड्ने गरेका छन् ।
‘बर्खायाममा पुल नभएकै कारण सदरमुकामस“गको सम्पर्क टुट्ने गरेको छ,’ स्थानीय भिम थेवेले भने, ‘नगदेवाली उत्पादनमा अग्रणी यो गाउ“का बासिन्दाले पुल अभावमा नै उत्पादन बेच्न पनि कठिनाई व्यहार्नु पर्छ ।’