यी हुन् मन्त्रिपरिषद बैठकका १३ निर्णय

news

काठमाडौं : सरकारले बौद्ध प्रवर्द्धन तथा गुम्बा विकास समिति गठन पहिलो संशोधन आदेशलाई स्वीकृति गरेको छ ।

बिहीबार सिंहदरबारमा सन्चार तथा सूचना प्रविधि मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा गत माघ २५ गतेको मन्त्रिपरिषद बैठकले गरेका १३ ओटा निर्णय सार्वजनिक गर्दै सन्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिएका हुन् ।

उनले बडीबिल्डिङका विश्वविजेता, क्रिकेट, सागमा सफलता प्राप्त गर्ने खेलाडी, प्रशिक्षक र अफिसियलहरुलाई पुरस्कारस्वरुप एक करोड ५६ लाख रुपैयाँ प्रदान गर्ने निर्णय गरेको पनि जानकारी दिए ।

अध्यागमन नियमवली २०५१ को अनुसूची ११ संशोधन, राष्ट्रिय खेलकुद विकास विधेयक संघीय संसदमा पेस गर्ने, लागऔषध प्रयोगकर्ताहरुका लागि उपचार तथा पुनःस्थापना केन्द्र सन्चालन निर्देशिका स्वीकृत गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले बताए ।

बजेट कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने, नेपाल सरकार र अमेरिकी सरकारको मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको मिलेनियम च्यालेन्च कम्प्याक्ट अनुमोदन गर्नेलगायतका निर्णयसमेत गरिएको पनि जानकारी दिइयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार