हात्तीपाइले रोग विरूद्ध औषधी खुवाइने

  गोविन्द लामिछाने
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिकामा यही फागुन १५ गतेदेखि हात्तीपाईले रोग विरूद्धको औषधी खुवाईने भएको छ ।

फाकफोकथुम गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख सञ्जयकुमार शाहले दिएको जानकारी अनुसार यसपटक स्वास्थ्यकर्मीहरूको निगरानीमा औषधी खुवाइने कार्यक्रम रहेको छ ।

औषधी खुवाउने कार्यक्रममा सबै स्वास्थ्यकर्मीहरू परिचालन गरिने जनाइएको छ । उमेर समुह अनुसार डिइसी नामक औषधी मात्रा मिलाएर खानुपर्दछ । २–५ वर्ष उमेर समूहका व्यक्तिले एक चक्की, ६–१४ वर्ष उमेर समूहकाले दुई चक्की र १५ वर्षदेखि माथिका उमेर समूहका व्यक्तिले तीन चक्की र जुकाको औषधी एक/एक चक्की एकैपटक खानुपर्छ ।

दुई वर्षदेखि ७० वर्ष उमेर समूहका मानिसले खान सकिनेछ । बिरामी, गर्भवती महिला, दम तथा मुटुरोगका बिरामी बाहेककाले औषधि सेवन गर्नुपर्ने चिकित्सकहरुको सुझाव दिएका छन् ।

क्यूलेक्स जातको पोथी लामखुट्टेको टोकाईबाट स्वस्थ्य मानिसमा यो रोग सर्दछ । उनका अनुसार जाडोमा ज्वरो आउनु, शरीरमा कम्पन उत्पन्न हुनु, गिर्खाहरु देखिनु, पुरुषको अण्डकोष सुनिनु, महिलाको यौनाङ्ग र स्तन सुन्निनुलगायतका यो रोगका लक्षण हुन् ।

रोगबाट बच्न लामखुट्टे नियन्त्रण, फोहोरपानी जम्मा हुन नदिनु, पानीलाई स्वतन्त्र रुपले बग्न दिनु, घर वरपर भएका खाल्डाखुल्डी पुर्नाले यो रोगबाट बच्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार