दोस्रो सात खाल्डे सहिद स्मृति गोल्डकप सुरु

सूर्योदय स्पोटीङ क्लव सेमिफाइनलमा प्रवेश

इलाम : इलामको नेपालटारमा आज बाट दोस्रो सात खाल्डे सहिद स्मृति गोल्डकप सुरु भएको छ । आजभएको उद्घाटन खेलमा आयोजकलाई १–० ले हराउँदै सूर्योदय स्पोटीङ क्लव सेमिफाइनलमा प्रवेश गरेको छ ।

नेपालटार मा.वि.को खेलमैदाना भएको खेलमा सूर्योदय स्पोटीङ क्लवले जितको सुरुवात गरेको हो । विमल राईले गरेको एक गोल नै खेलको निर्णायक गोल बन्यो र अगाडि बड्ने ढोका खुल्यो । खेल अवधि भरी दुवै टिमले निकै राम्रा राम्रा अवसरहरु गुमाएका थिए  भने सयौका सन्ख्यामा उपस्थित रहेका दर्शकले हुटिङ गर्दै खेलाडिलाई हौसला दिएका थिए ।

नेपाल तरुन दल इलाम क्षेत्र नं. ३ ले आयोजना गरेको फूटबल खेलको फाइनल फागुन ७ गते हुनेछ भने खेलमा इलाम ,पाचथर,तप्लेजुङ र झापाका गरेर ८ टिमको सहभागिता रहेको छ । खेलको विजेताले १ लाख पाँचहजार र उपविजेताले ५१ हजार सहित ट्र्फी मेडल र प्रमाण पत्र पाउने छन् ।  खेलको उद्घाटन भने पानसमा दिप बालेर नेपाली काँग्रेसका केन्द्रिय नेता धनराज गरुङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार