सहिद स्मृति फूटबल : उपाधि माईपोखरीको पोल्टामा

फाकफोथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि माईपोखरीले हात पारेको छ । बुधबार भएको फाइलनमा टुबोर्ग फूटबल क्लब मंगलबारेलाई १-०  गोल अन्तरले पराजित गर्दै माईपोखरीले उपाधि जितेको हो ।

जितका लागि माइपोखरीका देशान्त राघले गोल गरेका थिए । दोस्रो हाफको सुरुवातमा राईले गरेको एकमात्र गोल नै उपाधिका लागि निर्णायक भएको थियो ।

जितसँगै माइपोखरीले नगद ५० हजार रुपैयाँ तथा उपविजेता मंगलबारेले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो । गत २० माघदेखि संचचालित प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता रहेको थियो ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

भेट्रानकप फूटबलको उपाधि  इभाङले

सोही अवसरमा आयोजित ४० वर्ष माथि उमेर समूहको भेट्रानकप फूटबल प्रतियोगिताको उपाधि माङसेबुङ फूटबल क्लब इभाङले जितेको छ । बुधबार नै भएको फाइलनमा दोकानडाँडा फूटबल क्लब फाकफोकथुमलाई १-० को अन्तरले हराउँदै इभाङले उपादी पोल्टामा परेको हो ।  जितसँगै इभाङले १० हजार रुपैयाँ बराबरको खसी पुरस्कार पाएका छन ।

वृहत साँस्कृतिक कार्यक्रम

यसैबीच बुधबार मेला बजार र वृहत साँस्कृतिक कार्यक्रमको समेत सम्पन्न भएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहेको थियो भने साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको समेत प्रस्तुती रहेको थियो ।

आयोजक समितिका अध्यक्ष राज थापाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी फँकफोकथुम गाउँपालिकाका अध्यक्ष रामकुमार श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार