प्रदेशको नामाङ्करण गर्दा ‘लिम्बुवान’ नछुटोस् : याक्थुङ युवा मञ्‍च

  नयाँ बुलन्द
0 Shares

पाँचथर : प्रदेश १ को नामाङ्कन हुँदै गर्दा लिम्बुवान नछुटाउन याक्थुङ युवा मञ्चको परिषद् बैठकले माग गरेको छ ।

पाँचथरको फेदेनमा सम्पन्न मञ्चको प्रथम राष्ट्रिय परिषद् बैठकले सो माग अघि सारेको हो । संस्थाको स्थापनादेखि नै ऐतिहासिक पृष्टभूमीको आधारमा रहेको अरुणपूर्व ९ जिल्ला पुनःसिमाङ्कन गरी स्वायत्ततासहित लिम्बुवान घोषणा गर्न माग राख्दै आएको छ ।

तत्कालिन अवस्थामा प्रदेश १ को नामाङ्कन गर्दै गर्दा ऐतिहासिक पृष्ठभूमी रहेको लिम्बुवान र विगत लामो समयबाट गर्दै आएको लिम्बुवानको आन्दोलनलाई सम्बोधन गर्दै ‘लिम्बुवान’ नछुटाउन माग गरेको छ । यसको लागि ध्यानाकार्षण गराउने र सडक आन्दोलन पक्षमा सक्रिय हुने निर्णय गरेको छ ।

परिषद् बैठकले मुख्य गरी युवा सशक्तिकरणको पक्षमा काम गर्ने निर्णय छ । युवाहरुको पहुँच निर्माण गर्ने र नेतृत्व निर्माणको पक्षमा काम गर्दै अगाडि बढ्ने जनाएकोछ । यसको लागि क्षमता र नेतृत्व विकासका माध्यमबाट राज्यको हरेक तहमा सार्थक सहभागिता, पहुँच निर्माण गर्न लोक सेवा प्रशिक्षण, शिक्षक सेवा प्रशिक्षण, युवा नेतृत्व सम्बन्धी तालिम लगायतको विविध गतिविधि गर्दै अगाडि बढाउने निर्णय गरेको छ ।

यस्तै पछिल्लो समय धार्मिक विषयको सवालमा विवाद देखिएकोमा आआफ्नो गतिविधि अगाडि बढाउँदा समयमता अपनाउँदै अगाडि बढ्न सबैमा आग्रह गरेको छ । धार्मिक विवादको नाममा खास गरेर सामाजीक सञ्जालहरुमा निकृष्ट, तुच्छ शब्दको प्रयोग र एक अर्कालाई अपमानजनक ढङ्गबाट प्रस्तुत गरागर भइरहेकोले यो गतिविधि नगर्न र एकअर्काको सम्मान गर्न सबैमा आग्रह गरेको छ ।

बैठकको निर्णयले समुदायमा विविद्यता, अनेकता रहेतापनि यसलाई सबैले एकअर्काको सम्मान गर्दै एकताको पक्षमा अभिन्नु पर्नेमा जोड दिएको छ । व्यक्तिहरुको धर्म मान्ने विषय नौसर्गिक हुने भएकोले व्यक्तिहरुको आफ्नो इच्छा र चाहना अनुरुप जुनसुकै धर्म मान्न सक्ने भन्दै याक्थुङ युवा मञ्चले सबै धर्म मान्ने धर्मावालम्बीहरुलाई धार्मिक सहिषुणताको आधारमा समान दृष्टिकोणले हेर्नेछ र बुझ्नेछ, भनेको छ ।

परिषद् बैठकले विभिन्न विषयहरुमा छलफल गर्दै ८ बुँदे सुम्हा?त्लुङ घोषणापत्र समेत जारी गरेको छ । २०७१ जेठ ७ गते स्थापना भएको याक्थुङ युवा मञ्चले २०७५ जेठ ७ गते प्रथम महाधिवेशन इलाममा सम्पन्न गरेको थियो । हाल : ८ वटा जिल्ला कार्य समितिहरु विस्तार गरी काम गर्दै आएको मञ्चले पान्थरको फेदेनमा प्रथम राष्ट्रिय परिषद् बैठक सम्पन्न गरेको हो । बैठकको उद्घाटन सत्रमा पान्थर जिल्लामा विभिन्न गतिविधिहरु गर्दै आइरहेको लिम्बुजन्य सामाजिक संस्थाहरुको प्रतिनिधिमुलक उपस्थिति रहेको थियो ।

याक्थुङ युवा मञ्च, प्रथम राष्ट्रिय परिषद् बैठक २०७५, सुम्हात्लुङ घोषणापत्र

१. याक्थुङ युवा मञ्च संस्थागत विकास साथै मुख्य उद्देश्यको कामहरुलाई महत्वको साथ अगाडि बढाउने घोषणा गर्दछौँ । युवाहरुको चौतर्फी विकासको लागि युवाहरुलाई विचार, सङ्गठन र कार्यक्रमहरुसँग जोड्दै जानेछौँ ।

२. ऐतिहासिक पहिचानको आधारमा अरुणपूर्वको नौ जिल्ला सिमाङ्कन गरी स्वयत्ततासहितको लिम्बुवान प्रदेश घोषणा गर्न माग गर्दछौँ । तत्कालिन रुपमा प्रदेश नं. १ को नामाङ्कन घोषणा गर्दै गर्दा ‘लिम्बुवान’ नछुटोस् भनी जोडदार माग गर्दछौँ ।

३. लिम्बुवान क्षेत्रमा लिम्बू भाषा र किरात सिरिजंगा लिपि सरकारी कामकाजको भाषा र लिपिको रुपमा लागू गर्न साथै लिम्बुवान क्षेत्रका सम्पूर्ण सरकारी कार्यालयहरुको साईन बोर्डमा किरात सिरिजंगा लिपि समावेश गर्न यो प्रथम राष्ट्रिय परिषद् बैठक जोडदार माग गर्दछ ।

४. नेपालमा आदिवासी जनजाति लगायत उत्पीडित वर्ग, क्षेत्रका विचार मिल्ने संस्थाहरुसँग विविध गतिविधिहरुमा सहकार्य गर्दै अगाडि बढ्ने घोषणा गर्दछौँ ।

५. नेपालपक्ष राष्ट्र भएकोले आईएलओ महासन्धि नं. १६९ र आदिवासी अधिकार सम्बन्धि संयुक्त राष्ट्र संघीय घोषणापत्र पूर्ण रुपमा लागू गर्न, कार्यान्वयन गर्न जोडदार माग गर्दछौँ ।

६. नेपाली समाजको संरचनालाई प्राकृतिक न्यायका आधारमा समान व्यवहार गर्ने, सबै भाषा, सबै संस्कृतिको सम्मान र समानताको साथ व्यवहार गर्न माग र आव्हान गर्दछौँ ।

७. लिम्बुवान भूमिको धार्मिक, सांस्कृतिक ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, समाधिस्थलहरुको संरक्षण, सम्वद्र्धन गर्न सम्बन्धित सरोकारवाला सबैमा अनुरोध गर्दछौँ ।

८. याक्थुङ युवाहरुलाई संसारको जुनसुकै स्थानमा रहेतापनि सामुहिक हितको लागि संस्था, सङ्गठनमा जोडिन्, सम्बन्ध कायम राख्न आव्हान गर्दछौँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार