याङनामे मेलाको अवसरमा खलङगाटारमा फुटवल प्रतियोगिता हुने

  नयाँ बुलन्द
0 Shares

पाँचथर : याङनामे मेलाको अवसरमा पाँचथरको फिदिम नगरपालिका–१० स्थित याङनामको खलङगाटार क्लव स्तरिय फुटवल प्रतियोगिता हुने भएको छ ।

स्थानिय खलङगाटार माविको खेल मैदान इमासिं रङगशालामा आउन्दो चैत्र १६ देखि २१ गते सम्म प्रतियोगिता सञ्चालन हुने भएको हो । स्थानिय फत्ताङलुङ युवा समुहको आयोजनामा प्रतियोगिता सञ्चालन हुने भएको हो ।

क्लव स्तरिय सञ्चालन हुन लागेको प्रतियोगिताको विजेताले उपाधि सहित नगद ७० हजार मेडल र प्रमाण–पत्र र उपविजेता हुने टिमले ट्रफिसहित नगद ३५ हजार मेडल र प्रमाण–पत्र प्राप्त गर्ने आयोजक सँस्थाका सचिव यमन येक्तेनले बताए ।

यस्तै विधागत तर्फ उत्कृष्ठ गोलकिपर, डिफेन्डर, प्रतियोगिताकै उत्कृष्ट खेलाडि र सर्वाधिक गोलकर्तालाई पनि ट्रफि र नगद प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा जिल्ला भरिका उत्कृष्ट १२ वटा क्लवहरुको सहभागिता रहने वताइएको । रमणिय स्थल खलङगाटारलाई पर्यटककिय स्थलको रुपमा विकास गर्न र स्थानिय खेलकुदको सम्वद्र्धनको लागि प्रतियोगिताको आयोजना गर्न लागिएको आयोजक सँस्थाका सल्लाहकार टुवेन्द्र जवेगुले वताए । प्रतियोगिता सञ्चालनको लागि आर्थिक संकलन, खेलमैदान व्यवस्थापन लगायतको कार्य सुरु गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल चैत्र २१ गते हुनेछ । मेलाको अवसरमा फुटवल प्रतियोगिता सँगै चैत्र २० मिनी म्याराथुन दौड र साँस्कृतिक कार्यक्रमको समेत आयोजना हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार