खान्द्रुङ माध्यमिक विद्यालयले ६२ औं वार्षिक उत्सव मनाउने

  नन्दन सर्वत लिम्बू
0 Shares

जीतपुर : इलामको देउमाई नगरपालिका ७ सिद्धिथुम्काको खान्द्रुङ माद्यामिक विद्यालयले विविध ६२ औं जन्मोत्सव मनाउने भएको छ ।

३ फागुनमा उद्घाटन हुने कार्यक्रम ६ फागुनसम्म हुने जनाईएको छ । उद्घाटन कार्यक्रममा खेलकुद र सास्कृतिक प्रतियोगिता गरिनेछ ।

त्यस्तै ४ गते ओमसाई पाथीभरा हस्पिटल भद्रपुरको प्राबिधिक सहयोगमा १ दिने निशुल्क स्वास्थ्य शिबिर र औषधि बितरण हुनेछ । ५ गते अन्तर बिद्यालय सास्कृतिक प्रतियोगिताहरुका साथमा साङ्गितिक कार्यक्रम हुनेछ ।

६ गते स्थानिय मौलिक तथा लोक सस्कृतिहरुको प्रदर्शन, सम्मान तथा पुरस्कार बितरण कार्यक्रम, ख्यातिप्राप्त कलाकार हरुको बेजोड गायन तथा नृत्य प्रस्तुतिका साथ समापन गरिने बिद्यालयका प्रधानाध्यापक काजिमान एक्तेनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार