अखिल क्रान्तिकारी अनेरास्ववियूमा समायोजन !

  नयाँ बुलन्द
0 Shares

इलाम : सदरमुकामस्थित आदर्श माविमा गठित अखिल क्रान्तिकारीको कमिटी अनेरास्ववियूमा समायोजन भएको छ । नेत्रवक्रिम चन्द विप्लव नेतृत्वको नेपाल कम्युष्टि पार्टी निकट अखिल क्रान्तिकारीका अध्यक्ष अनिश बुढाथोकीको टिम अनेरास्ववियूमा समायोजन भएको हो ।

अनेरास्ववियूको सहप्रारम्भिक कमिटीको रुपमा रहने गरी समायोजन भएको बताईएको छ । सहप्रारम्भिक कमिटिमाको अध्यक्षमा दिपक शिवा, उपाध्यक्ष सजना खत्री, सचिव आसोक राई, सहसचिव पूना ढु्रंगाना र कोषाध्यक्ष एन्जिला दर्नाल चयन भएका छन् ।

सदस्यहरुमा शन्देश राई, सन्जना पाण्डे, राम न्यौपाने, राज कुवँर, सपना लामिछाने, नितु तामाङ्ग, सरिस्मा उप्रेति, अमृत नेम्बाङ, अबिषा योङहाङ, मनिसा लिम्बु, भुमिका राई, सन्जोग लिम्बु, युवन श्रेष्ठ रहेका छन् ।

कार्यक्रममा पूर्व एमाले निकट अनेरास्ववियू केन्द्रिय कमिटी सदस्य रबिन्द्र सुबेदी,पुर्व माओवादी निकट अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य शन्धिभक्त शंकर, अनेरास्ववियू जिल्ला अध्यक्ष इश्वरी तामाङ्ग, सह–सचिव मिलन खत्री लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार