भेट्रानकप फूटबल : इभाङ र फिँजरा फाइलन प्रवेश

  नयाँ बुलन्द
0 Shares

फाकफोथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी ४० वर्ष माथि उमेर समूहको भेट्रानकप फूटबल प्रतियोगितामा माङसेबुङ फूटबल क्लब इभाङ र फिँजराम माङसेबुङ विजयी भएका छन् ।

सोमबार भएको पहिलो खेलमा फाकफोकथुम ७ दोकानडाँडा फूटबल क्लबलाई ३-० को सहज जित निकाल्दै इभाङले फाइनलको यात्रा तय गरेको हो । त्यस्तै दोस्रो खेलमा रिमिक्स स्टार टीम फाकफोकथुम ७ लाई ४-१ गोलले पराजित गर्दै फिँजरा उपाधि नजिक पुगेको हो ।

उपाधिका लागि इभाङ र फिँजारबीच १ फागुनमा प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव सुमन दियालीले जानाकारी दिए । प्रतियोगिताको विजेताले १० हजार रुपैयाँ बराबरको खसी पुरस्कार पाउनेछन् ।

भेट्रानकप फूटबल तेस्रो संस्कणको सहिद स्मृति खुला नकआउट फुटबल प्रतियोगिताको अवसरमा आयोजना गरिएको हो ।

यता सहिद स्मृति खुला नकआउट फुटबलको सेमीफाइलन खेल मंगलबार हुनेछ ।

पहिलो सेमीफाइलनमा चौबन्दी फूटबल क्लब फाकफोकथुम ७ र टुबोर्ग फूटबल क्लब मंगलबारे तथा दोस्रो तथा अन्तिम सेमीफाइलनमा पाथीभरा फूटबल क्लब फाकफोकथुम ७ र माइपोखरी फूटबल क्लब माइपोखरीबीच प्रतिष्पर्धा हुनेछ ।

प्रतियोगिताका विजेताले नगद ५० हजार रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् । प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार