प्रदेश १ को नामाकरण लिम्बुवान र किरात खम्बुवान हुनुपर्छ

  कुमार लिङ्देन ‘मिराक’  297 पटक हेरिएको

प्रदेश नं. १ लाई लिम्बुवान र किरात खम्बुवान नामाकरण गराउन लिम्बुवान र किरात खम्बुवान पक्षधरहरु एक मिनट पनि ढिलो नगरी संयुक्त मोर्चा बनाएर आन्दोलनमा उत्रनु पर्छ । नेपालको राजनीतिमा लिम्बु र राईहरुले ठूलो भूमिका खेलेको छ। यी जातिहरुले इतिहासमा ठूलो योगदान गरेका छन् । यो काठमाण्डौ हिजोदेखि नै लिम्बु र राईहरु कहिले नजिक नहोउन भनेर कुनै न कुनै रुपमा षडयन्त्र गरिरहन्छ। यो षडयन्त्रलाई आजका राई लिम्बुहरुले बुझ्नु पर्छ ।

पहिचानको कुरा गर्दा दुईवटा पक्षहरु अत्यन्त महत्वपूर्ण हुन्छन् । बाहिरी पक्ष र भित्री पक्ष । बाहिरी पक्ष भनेको देश दुनियाँले खुल्ला आँखाले झट्ट देखी हाल्ने । जस्तै : नामाकरण, झण्डा, निशाना छाप, पैसा नोटमा भाषा लिपि लेखिने कुरा आदि हुन् । कुनै पनि प्रान्त वा विशेष स्वायत्त क्षेत्रको नाम सुनेर वा साइनबोर्डमा लेखिएको नाम पढेर नै यो क्षेत्र, यो भूमिमा यो ऐतिहासिक सभ्यताका जातिहरु बस्दारहेछन्, यो भुमि यो ऐतिहासिक सभ्यतासँग जोडिएको रहेछ भन्ने प्रष्ट हुन्छ । संसारले देख्ने पहिचान नाम नै हो । त्यसपछि झण्डा र देशको राष्ट्रिय नोट पैसामा अंकित गरिने भाषा, लिपिहरु हुन्। एकजना विदेशी फक्ताङलुङ हिमालको दृश्यावलोकन गर्न आउँछ भने पहिले उसले यो हिमालको नामको शब्दहरुबारे शब्दकोष पल्टाउँछ । फक्ताङलुङ भन्ने बित्तिकै यो शब्द कुन भाषाको हो, त्यो भाषा कुन जातिले बोल्छ र ती जातिहरु यस भूभागमा कहिलेदेखि बस्दै आएका हुन् भनेर चिन्तन मनन् गर्छ । फक्ताङलुङ भन्ने बित्तिकै यो लिम्बु भाषाको शब्द, लिम्बु भाषा लिम्बु जातिकाले बोल्छन्, अनि लिम्बु जातिको उत्पत्ति थलोको अनुसन्धान शुरु हुन्छ । लिम्बु भाषाको उत्पत्ति थलो विश्वको कही अन्य ठाउँमा छ कि छैन भनेर उक्त विदेशी पर्यटकले पुस्तक पल्टाउन शुरु गर्छ । उसले गुगलमा बिभिन्न सर्चहरु गरेपछि लिम्बु जातिहरु भनेको नेपालको अरुण, तमोर, काबेली, मिक्लाजोङ, मेन्छ्यायेम, सेहोनाम्लाङ, विजयपुर, वारातप्पातिर हजारौं वर्षदेखि रैथाने भई आएका जातिहरु बुझ्दछन् । त्यस्तै, सोलोइ गाउँपालिकामा विश्व स्तरको आदिवासी सङ्ग्रहालय निर्माण गरियो भने यहाँ आउने पर्यटकहरुले गुगल हेरेर यो सोलोइ भन्ने शब्द कुन भाषाको रहेछ भनेर हेर्छ र उसले थाहा पाउँछ कि यो शब्द धिमाल भाषाबाट राखिएको रहेछ र यी ऐतिहासिक धिमाल जातिहरु नेपालको झापाको दमक, मोरङको उर्लाबारी, लक्ष्मीमार्ग, बेलबारी, लेटाङ क्षेत्रमा हजारौं वर्षदेखि बस्दै आएका रहेछन् भनेर थाहा पाउँछन् । तर, फक्ताङलुङको ठाउँमा कुम्भकर्ण, अनि सोलोइको ठाउँमा उर्लाबारी राखेपछि गुगलमा सर्च गर्दा यी शब्दहरुको उत्पतिको केही भाग सिंजा उपत्यका र त्यो भन्दा बढी भारतको काँशी र अन्त्यमा इरानको पारसी भाषासम्म पुगेको देखाउँछ । पहिचान भनेको अन्ततः खोज्दै जाँदा त्यसको उत्पति स्थान/भूमिमा गएर टुंगिन्छ, त्यसैले त्यो ठाउँको नाम कुन भाषाबाट राखियो, के राखियो त्यो सबैभन्दा महत्वपूर्ण हुन्छ । यहाँ ‘फक्ताङलुङ’ र ‘सोलोइ’ मा जुन शक्ति र तौल छ, त्यो कुम्भकर्ण र उर्लाबारीमा छैन । उर्लाबारी नगर पालिकालाई सोलोइ नगरपालिका बनाएको भए धिमाल जाति र त्यो भूमिले यो धर्ती आकाश र हिञ्जेलसम्मको लागि पहिचान प्राप्त गर्दथ्यो । त्यसैले भाषामा एकदमै धेरै शक्ति लुकेको हुन्छ ।

आज प्रदेश १ को नामाकरण कोशी वा सगरमाथा राख्ने भनेर आफूलाई कम्युनिष्ट भन्नेहरु मच्चिरहेका छन् । कोशीमा कौशिक ऋषिले तपस्या गरेकोले कोशी राख्ने रे । को हो कौशिक ऋषि ? कसको बाबु, बराजे हो ? ऊ कहिले आएको थियो ? उसका सन्तानहरु यहाँ को को छन् । २०२१ सालसम्म यो सबै क्षेत्र हाङ/सुब्बाहरुको अधिनमा थियो, कुन हाङ/सुब्बाको अनुमति पत्र लिएर उक्त कौषिक ऋषिले त्यहाँ तपस्या गरेको थियो? केही प्रमाण छ ? तिमीहरुले इतिहास शिरोमणी भनिएका बाबुराम आचार्यले चोमोलुङमा चमजमलुङलाई सगरमाथा भनेर जबरजस्ती नामाकरण गरिदिएको होइन? सगरमाथा शब्दलाई शब्दविन्यास गरेर हेरौं त सगर भनेको आकाश र माथा भनेको शिर रे । आकाशको शिर कस्तो हावादारी, उडनतस्तरी शब्द समायोजन छ । शब्दहरु अर्थ खुल्ने हनुपर्छ, पैसा, रुपैयाँ, मनि भन्दा के अर्थ खुल्छ? अहँ खुल्दैन । तर याङ भन्दा अर्थ खुल्छ । सय बोरा चामल बराबरको नोट बोक्दा त ‘याङ याङ’ हलुकोहलुको भयो नि । अनि पैसालाई याङ वा हलुंगो भनिएको हो, लिम्बु भाषामा । बार्टर पद्वतिमा सामान खरिद गर्न सामान बोकेर जानु पथ्र्यो, तर सामान बोकेर हिँड्न धेरै असुविधा भयो । त्यसैले सामानको मूल्य बराबरको नोट वा ढक बोक्न शुरु गरियो, जुन नोट याङ/याङ अर्थात् हलुको, हलुको भयो । यसरी पैसालाई याङ भन्दा झट्ट शब्दको अर्थ खुल्छ । त्यस्तै, चोमोलुङ/चमचमलुङ भन्दा लुङ भनेको ढुंगा/आस्थाको केन्द्रबिन्दु भनेर प्रष्ट अर्थ दिन्छ । तर, आकाशको शिर भनेको कस्तो शब्द हो, के हो सगरमाथा? के गहनता र के ऐतिहासिकता छ यस शव्दमा?

उपनिवेशवादी (colonialist), एकात्मकवादी (unitarist) हरुले सबैभन्दा पहिले भाषामा आक्रमण गर्छन् । उपनिवेशवादीहरुले सबै भन्दा पहिले आदिवासीहरुको जिब्रोमा उपनिवेशवादीहरुको भाषा लाद्न पाए भने उनीहरु सबैभन्दा सफल भएका ठान्छन् । जुन दिनसम्म आदिवासीहरुको जिब्रोमा उनीहरुकै भाषा रहन्छ, त्यो दिनसम्म मात्र आदिवासीहरु शक्तिशाली हुने हो तर जिब्रो आफ्नो भाषा अर्काको भएपछि त्यो जाति मासुको डल्ला बाहेक केही गन्तीमा आउने छैन । नेपालमा काँग्रेस, कम्युनिष्ट, पञ्च, राजा भनेर अनेक नामाकरण गरेर समय बर्बाद गर्नु भन्दा समग्रमा उपनिवेशवादी भनेर नामाकरण गर्नु, चिन्नु सही हुन्छ । यिनीहरु सबै उपनिवेशवादी हुन् । उपनिवेशवादीहरुले कहिले पनि जमिन बोकेर हवाईजहाज पानीजहाजमा लान्दैनन् । उपनिवेशीको मुख्य काम नै निर्दोष भूमि, भर्जिन जमिनमा रहेका जनताहरुलाई पहिले आफ्नो भाषा, धर्म, संस्कृति लाद्ने अनि त्यो भाषा मार्फत त्यहाँका जनताहरु उपर शासन चलाउने हो । नेपालको इतिहासलाइ हेरौं, राणाले राजाको विरुद्धमा हतियार उठायो तर पृथ्वीनारायण शाहले लादेको भाषा र धर्मलाई अझ कडा गरि लागु गर्‍यो। कांग्रेसले र राजा विरुद्धमा हतियार उठायो । तर, राजाले लागु गरेको भाषा र धर्मलाई अझ नयाँ तरिकाले लागु गर्यो। कम्युनिष्टहरुले संघर्ष गरे र सत्ता पनि पाएका छन्, तर यिनीहरुले र राजाहरुले लादेका भाषा र धर्मलाई अझ नयाँ संस्करणका साथ लागु गर्दैछन् । यिनीहरु सबै कुर्सीको लागि लड्दैछन् । आफ्नो सरकार बनाउन लड्दैछन् । तर, आदिवासीहरुमाथि लादिएको भाषिक उपनिवेशलाई अन्त्य गर्न होइन हिजो पृथ्वीनारायणलगायतका राजाहरुले बनाएको सत्ता/पद्दतीलाई अझै बलियो बनाउँदै त्यही सत्तामा टेकेर नयाँ नयाँ सरकारको लागि संघर्ष गर्दैछन् । हामी आदिवासी, दलित, महिला, मधेशी, मुस्लिमहरुले यो गुदि तत्व बुझ्न जरुरी छ । हामीलाई सर कार होइन, सत्ता, पद्धती, सोचको परि वर्तन चाहिएको छ सत्ता र सरकार दुई फरक कुराहरु हुन् । सत्ता भनेको आदिवासीमाथि लादिएको भाषा, धर्म, संस्कृति कानुन, शासन पद्धतिहरुको समग्रता हो । निजामति कर्मचारी, सेना, प्रहरी, न्यायाधीशहरु, पत्रकारहरु, व्यापारीहरु यी सबैले हामी आदिवासी माथि लादिएको कानुनलाई निरन्तर ता दिइरहेका हुन्छन्। त्यसैले कर्मचारी तन्त्रलाई स्थायी सत्ता भनिन्छ। यो स्थायी सत्ता वा कर्मचारीतन्त्र सबसे खतरनाक हुन्छ, किनकि यिनीहरुले नै आदिवासीहरु माथिको उपनिवेसी शासनलाई अघि बढाई रहेका हुन्छन् । एउटा सरकारले केही राम्रो गर्न आँट्यो भने पनि यिनीहरु मध्ये कसैले अदालतमा मुद्वा लगाई दिन्छन् अनि सरकारले गर्न आँटेको कानुनी रुपमा मिलेन भनेर फैसला हुन्छ । सरकार भनेको त स्थायी सत्ता वा कर्मचारीहरुले स्थापना गरिदिएको कुर्सीमा बसेर अह्रनखटन गर्ने कारिन्दा मात्र हो । तर, हामी आदिवासीहरुले सरकार परिवर्तनलाई नै सबै कुरा ठान्ने गरेका छौं । वास्तवमा सरकार परिवर्तन ठूलो कुरा होइन, सरकार भन्दा डरलाग्दो गरी बसेको स्थायी सत्ता कर्मचारीतन्त्र, लोकसेवा आयोग, न्यायालय, कथित पर्वते भाषा खतरनाक कुराहरु हुन् । हामी आदिवासीहरुको नजरमा यी पाँच वटा राजा, राणा, पञ्च, कांग्रेस, कम्युनिष्ट झण्डाहरु उपनिवेशी झण्डाहरु हुन् । यी उपनिवेशीहरुले हाम्रै मान्छेहरु प्रयोग गरि हाम्रो जिब्रोबाट हाम्रो भाषा निकालेर हामीलाई मासुको थुप्रोमा बदल्दैछन्, यो सत्य बुझ्न जरुरी हुन्छ । स्व. पद्मरत्न तुलाधरले आँखाभरि आँशु लिएर हामीलाई भन्नु हुन्थ्यो यो कुरा उहाँले कयौं पल्ट एमाले, माओवादीका शीर्ष भनिएका नेताहरुलाई यसरी भन्नु भएको रे ‘ए एमाले, माओवादीका नेताहरु तिमीहरुले कति आशा देखाएर आदिवासीहरुलाई आन्दोलनमा, युद्धमा होम्यौ तर उनीहरुका कुनै माग पूरा गरिदिएनौ । ल नेवा प्रान्त, लिम्बुवान, किरात खम्बुवान प्रान्त आदि तिमीहरुले कहिल्यै नगर्ने नै रहेछौ, तर कम्तिमा आादिवासी मातृभाषा विश्वविधालय त स्थापना गर न ।’ तर तुलाधरको यो आादिवासी मातृभाषा विश्वविधालयबारेमा यी नेताहरु कहिल्यै पनि चु सम्म बोल्दैनन् । ठीकै छ यिनीहरुले हाम्रो समुदायलाई देखाएको सपना त पूरा गरेनन् रे तर मातृभाषा विश्वविधालय त खोल्दा हुने नि । कति नै खर्च लाग्थ्यो होला वर्षमा ३०/४० करोडले पुग्थ्यो होला । तर पनि यिनीहरुले गरेनन्, २ तिहाई बहुमत छ, तर पनि गरेनन्। यिनीहरुले जानी जानी नगरेका हुन्, किनकि हर मातृभाषाले आफ्नो उद्गम भूमि खोज्दै जान्छ । हर मातृभाषाले लोकसेवा लगायत हर क्षेत्रमा समानुपातिक प्रतिनिधित्व खोज्छ । एमाले, माओवादी, कांग्रेसहरुलाई तामाङको भोट मन पर्छ । यिनीहरुको कार्यक्रममा तामाङहरु आइदिएको मन पर्छ, तर जब तामाङहरुले तामाङ भाषाको संवैधानिक ग्यारेण्टी माग्छन् तब यिनीहरुको टाउको दुख्न थाल्छ । किनकि, यी तीनवटै दलको नेताहरुलाई थाहा छ-तामाङ भाषालाई सवैधानिक ग्यारेण्टी दिंदा तामाङ भाषाले आफ्नो उद्गम भूमि र लोकसेवा आयोगमा समानुपातिक प्रतिनिधित्व खोज्छ । जब भाषा बाँच्ने कुरा आउँछ तब यी तीन दलका नेताहरु पछि सर्छन्, किनकि यी तीनै दल उपनिवेशी हुन् । उपनिवेशीहरुको मुख्य लक्ष्य नै मान्छे बाँचोस्, भाषा नबाँचोस् भन्ने हुन्छ, तामाङ बाँचोस् तर तामाङ भाषा नबाँचोस भन्ने यी उपनिवेशीहरुको गुरुमन्त्र हो ।

मातृभाषाहरुलाई सिध्याउने उपनिवेशीहरुको लामो रणनीतिअनुसार नै अहिलेको २ तिहाइवाला कम्युनिष्टहरुले प्रदेश १ को नाम कोशी वा सगर माथा राख्ने तयारी गरिरहेका छन् । र, यहीको धर्तीमा उम्रिएको लिम्बुवान, किरात खम्बुवान शब्दहरुलाई सदाको लागि किनारा लगाउने षडयन्त्र गरिरहेका छन् । गल्ती त तब भयो, जब कम्युनिष्टको मीठो सपनामा उपनिवेशीहरुलाई भोट दिने काम भयो । ती उपनिवेशीहरु आफै भोट माग्न आएनन्, तर उनीहरुले केही आदिवासीहरुलाई बोलाएर हस्पिटलको बेडमा राखेर तिनै उपनिवेशीहरुको रगत ती आदिवासीहरुमा पनि इन्जेक्सन मार्फत् चढाएर गाउँमा पठाए, तब त्यो उपनिवेशी भन्दा कुटिल तरिकाले ती इन्जेक्टेड अदिवासीहरु (सुईले खोपिएका) आफ्नो गाउँ, ठाउँमा प्रस्तुत भए र उपनिवेशीहरुको डिजाइनअनुसार काम गर्न थाले । अब हामीले दिएको चुनावी मत प्रयोग गरि हामीलाई नै सिध्याउने अन्तिम तयारीमा छन् उपनिवेशीहरु । कहिलेकाहीँ यो पङतीकार धेरैबेर सोचमग्न हुन्छ किन हामी नेपालका आदिवासीहरु आफ्नै चिहान खन्न, आफ्नै मलामी जान यति धेरै रमाउँछौ ? आफूले आफूलाई सिध्याएको उत्सवमा हामी किन वमिट आइन्जेल खानु खोज्छौ? हाम्रो पुर्खाहरुले हजारौ दुःख कष्टसँग लडेर जगेर्ना गरेको हाम्रो अस्तित्व किन यी उपनिवेशहरुको चिप्ला कुरामा बिर्सिरहेका छौ? अहिले नेपालका उपनिवेशीहरुले नयाँ तरिका अपनाएका हुन् (legal killing, democratic killing) कानुनी हत्या, लोकतान्त्रिक हत्या । त्यो समाजको भोट लिएर त्यही समाजको हत्या गर्ने । किनकि, यो विधिले उपनिवेशीहरु सुर क्षित हुन्छन् र विश्व सामु उनीहरुको अनुहार सुरक्षित हुन्छन् । अहिले हामी ७ वटै प्रदेशका जनताहरु कम्युनिष्टहरुको हातबाट लिगल किलिङ, डेमोक्रेटिक किलिङ भइरहेका छौं, कानुनी/लोकतान्त्रिक रुपमा मारिरहेका छौं ।

यही परिप्रेक्ष्यमा पहिचानवादीहरु, १०+१ प्रान्तवादीहरु समयमा नै सचेत र संगठित हौं है भन्दै आएका छौं तर पनि हामीहरुको चेतनाको ढोका खुलेको छैन। एमाले र माओवादीको एकता डेन्जर उद्देश्यका साथ भएको छ- पहिचानको आँखाले हेर्दा । एमाले, माओ र कांग्रेस भिन्ना भिन्नै भएपछि तमुवान मगरातलाई गण्डक बनाउन वा लिम्बुवान किरात खम्बुवानलाई कोशी बनाउन कसैको पनि दुई तिहाई पुग्दैन र यो पल्ट नामाकरण गर्न सकिंदैन । यसपल्ट नामाकरण गर्न सकिएन भने आदिवासीहरुले चुनाव र नामाकरणको महत्व बुझ्छन् र अर्को चुनावदेखि हामी एमाले, कांग्रेस, माओवादीहरुले कहिले भोट प्राप्त गर्न सक्दैनौं । त्यसको यही पल्ट जसरी पनि नामाकरण गर्नुपर्छ र पेलेको पेलेकै लानुपर्छ आदिवासीहरुलाई नैतिक रुपमा कमजोर (मोरल्ली डाउन) बनाउनु पर्छ भनेर यो एकता भएको हो, तर हामी धेरैले यो एकताको गुदी कुरा बुझेका छैनौं। तमुवान मगरातलाई गण्डक बनाउँदा त्यहीबाट बिद्रोह शुरु हुन्छ होला भन्ने आशा गरिएको थियो तर त्यहाँ भने जस्तो आन्दोलनको उठान हुन सकेन । आन्दोलनको लागि विचार शसक्त हुन पर्ने रहेछ, विचारको बहस सुख्खा र निराशलाग्दो भएता पनि पहिले विचार मा नै बहस चर्काउनु पर्ने रहेछ, विचार को बहस सुन्ने थोरै मात्र भएपनि विचारको बहस जारी राख्नुपर्ने रहेछ । कम्तीमा तमुवान, मगरात (प्रदेश नं. ४) नेवाः ताम्सालिङ (प्रदेश नं. ३) र लिम्बुवान किरात खम्बुवान (प्रदेश नं. १) हामी यतिले मात्र पनि संयुक्त आन्दोलन चर्काउन सकेको भए उपनिवेशीहरुले यति सजिलै बलमिचाई गर्न पाउने थिएन । तर, हाम्रो संयुक्त आन्दोलनलाई खोई के ले रोक्छ? विचारहरुमा प्रष्ट हुनुपर्यो र तमुवान मगरातलाई गण्डक बनाएको दोष एमाले कांग्रेस माओलाई मात्र दिनुपर्ने हो कि त्यसबेला सरकारमा सहभागी भएका अन्य दलहरुलाई पनि दिनुपर्ने हो?

प्रदेश १ मा लिम्बुवान र किरात खम्बुवान पक्षधर मित्रहरु मिलेर संयुक्त आन्दोलन चर्काउ भनेर धेरै अनुरोध गरियो कयौं पल्ट मिटिङ भेटघाट गरियो । जतिपल्ट मिटिङ गरिन्थ्यो उहाँको तर्क र अनुरोध एउटै हुन्थ्यो-‘लिम्बुवान पक्षधर साथीहरुले प्लिज आन्दोलन नगरी दिनुस्, लिम्बुवान चुप रह्यो भने किरात आउने फिक्स वा निश्चत भइसक्यो ।’ साथीहरुको तर्क सुन्दा पनि गजब लाग्ने लिम्बुवान चुप बसिदिए किरात आउने फिक्स भइसकेको रे । लिम्बुवान पक्षधरले भनियो किरात हुन दिंदैनन्, उनीहरुले किरात आउँछ । तर, लिम्बुवान सँग सहकार्य नगर भनेको लिम्बुवान र किरातलाई संयुक्त बन्न नदिने षडयन्त्र मात्र हुने । लिम्बुवान र किरात विचमा खाडल ल्याउन सकियो भने उपनिवेशवादीहरुको शासन अरु २, ४ सय वर्ष लम्विन्छ भनेर उनीहरुले सोचिरहेका छन् । यही पहिचानलाई सिध्याउनकै लागि रातारात पार्टी एकता भएको छ, समृद्धिको नारा दिएर पहिचानको मुद्दालाई ओझेल पार्ने प्रयास गरेका छन् । पञ्चायत कालमा वीरेन्द्रको पन्ध्र तिहाई बहुमत थियो । तर, हामीले बुझनु पर्छ समृद्धी दुई तिहाई, पाँच तिहाईले हुने होइन, समृद्धी हुने सूत्रहरु अरु नै छन् । उपनिवेशीहरुले तमुवान मगरातलाई गण्डक बनाई सकेका छन् । अब यहाँ प्रदेश १ मा किरात बनाए भने त्यहाँका गुरुङ, मगरले यिनीहरुको टाउको किच्याउँदैन त? किरात पनि पहिचान नै हो, तर यो अलिक समग्र पहिचान हो । किरात दिनेले लिम्बुवान दिइ हाल्छ, जब उनीहरु किरात दिनेसम्म पुगे भने आज सवैभन्दा बढी आन्दोलित भइरहेको लिम्बुवानको सहानुभूति बटुल्न पनि लिम्बुवान नाममा सहमत गर्छन् । तर, वास्तविकता उनीहरुले किरात पनि दिंदैनन् र लिम्बुवान पनि दिंदैनन् ।

किरात दिने हल्ला फिजाए र किरात र लिम्बुवानमा खाडल सिर्जना गर्न सफल भए । प्रदेश नं. १ को मुख्यमन्त्री र केही सांसदहरुले किरातको पक्षमा बोलेता पनि अहिले राजनैतिक दल विधेयक यति कडा बनाएका छन् कि पार्टीको केन्द्रीय अध्यक्षले (पार्टीको बहुमतले) ती संसदहरुलाई ठाउँको ठाउँ सांसद र साधारण सदस्यबाट बिदाइ गरिदिन सक्छ । यो भन्दा पहिलेको ऐनमा सांसदलाई यसरी सजिलै पार्टीले कार्वाही गर्न सकिन्दैनथ्यो । त्यसैले प्रदेश नं. १ को नामाकरण त्यही हुन्छ जुन कम्युनिष्टको दुईजना अध्यक्षहरुले सोचेका हुन्छन् । उनीहरुको सोचाई भन्दा बाहिर जाने सभासदलाई ती दुई अध्यक्षहरुले ठाउँको ठाउँ थला परि दिन्छन् । त्यसैले प्रदेशको सभासदहरुले जे जे भने पनि उनीहरुको घाँटी राजनैतिक दलको नयाँ ऐनले केन्द्रीय अध्यक्षको हातमा थमाई दिएको छ वा सबै चाबी दुई कम्युनिष्ट निकोलाई चाउचेस्कुहरुको हातमा छ । त्यसैले प्रदेशमा राई यो मन्त्री छ, लिम्बु यो मन्त्री छ, तामाङ यो मन्त्री छ भनेर मख्ख पर्नु वाहियात हो सबै चाबी चाउचेस्कुहरुको हातमा छ ।

यो सबै कुराहरु बझुरे नै लिम्बवुान र किरात खम्बवुान पक्षधरहरु मिलरे सयंक्तु आन्दालेन गरौं भनरे कति अनुरोध गरियो तर हामा्रे अनुरोधहरु कसलै सुनेनन् वा सुन्न आवश्यक ठाननेन । तर, आजको दिनसम्म आइपुग्दा वास्तविक किरात चाहने साथीहरुल महसुस गर्नु भएको छ, कहेी गल्ती भयो । खासगरी लिम्बवुानसगँ मिलरे आन्दालेन नगनार्लले कहेी गल्ती भयो भनरे महसुस हुँदैछ । तर, किरात भन्ने हो आए आउँछ नआए ठिकै छ भन्नहेरुलार्इ कहेी भन्नु छनै । तर, लिम्बवुानले आफ्नो हैसियतले आन्दालेन अघि बढाइरहको छ, लिम्बवुान हुँ भन्नहेरु भित्रको कथा व्यथाहरु पनि लामो छ । जे भएपनि एउटा पाटाले लिम्बवुान आन्दालेन अघि बढार्इ नै रहको छ ।

अन्त्यमा पद्रशे १ लार्इ लिम्बवुान र किरात खम्बवुान नामाकरण गराउन लिम्बवुान र किरात खम्बवुान पक्षधरहरु एक मिनट पनि ढिलो नगरी सयंक्तु मार्चो बनाएर आन्दालेनमा उत्रनु पर्छ । नेपालको राजनीतिमा लिम्बु र राइर्हरुले ठूलो भूमिका खेलेको छ । यी जातिहरुले इतिहासमा ठूला योगदान गरको छन् । यो काठमाण्डौं हिजादेखि नै लिम्बु र राइर्हरु कहिले नजिक नहोउन् भनरे कुनै  न कुनै रुपमा षडयन्त्र गरिरहन्छ । यो षडयन्त्रलार्इ आजका रार्इ लिम्बहुरुले बझ्नु पर्छ । लिम्बू र राईको एकतामा सिंगो नेपालको भाग्य र भविष्य अडकेो छ, लिम्बु र राइर्हरु एक हुन सके भने यति ठूलो  शक्ति सिजर्ना हुन्छ कि त्यसले सिधै सिहंदरवारको कसुीर्हरु हल्लिन थाल्छन् । आफलूार्इ स्थायी सत्ता सम्झरे माजे गरिरहको कमर्चारीतन्त्र (व्यरुाक्रेसेी) ठीक ठाउँमा आउँछ । त्यसलै यी उपनिवशेीहरु जहिले पनि लिम्बु र राइर्रुलार्इ फुटाउन खाज्छन् । यो षडयन्त्रलार्इ सम्बन्धित सबलै चिनौं र, लिम्बवुान र किरात खम्बवुानवीच बृहत सहमति कायम गररे पद्रशे १ लार्इ अहिले लिम्बवुान र किरात खम्बवुान नामाकरण गराएर नै छाडौं । पद्रशे १ लार्इ अहिले लिम्बवुान र किरात खम्बवुान नामाकरण गरायौं भने १०+१ प्रान्त प्राप्तकको बाटो खुल्छ । लिम्बवुान र किरात खम्बवुान यी दुईवटा सभ्यताहरुवीच तुरुन्त सहमति होस् र उपनिवशेवादीहरुलार्इ भनौं यदि प्रदेश १ लार्इ लिम्बवुान र किरात खम्बवुान बाहके अरु नै नाम कोशी वा सगरमाथा राख्यौ भने हामी एक, दुई, तीन, मान्दनौ । त्यस भन्दा उता के के  हुन्छ तिमी उपनिवशेवादीहरु आफलै बझ्नु भनरे प्रष्ट रुपमा भन्नै पर्छ । र, प्रदेश १ मा लिम्बवुान र किरात खम्बवुानवीच सहमति भयो र सयुंक्त आन्दालेन अघि बढ्ने भयो रे भन्ने सन्दशे बाहिर आउने बितिकै शेर्पा, तामाङसालिङ, नेवा, तमुवान, मगरात, खशान, थरुहट, मधस, दलित शिल्पी विशेश प्रान्त सबैमा आन्दालेनको नयाँ ज्वारभाटा उठछ् ।

लखेक संघीयय लाकेतान्त्रिक राष्ट्रिय मञ्चका कन्द्रीय अध्यक्ष हुन् ।

(यो लेख हामीले सह-अस्तित्व मासिकको वर्ष १ प्रवेशांक, माघ २०७५ बाट साभार गरेका हौं ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार