नामसालिङ माविद्वारा छात्रवृति वितरण

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई ३ नामसालिङ्गस्थित नामसालिङ्ग माध्यमिक विद्यालयले गत शैक्षिक सत्रको माध्यमिक शिक्षा परिक्षा (एसईई) मा उत्कृष्ट विद्यार्थीलाई छात्रवृति प्रदान गरेको छ ।

आइतबार सरस्वती पूजाको अवसरमा विद्यालयले छात्रवृति प्रदान गरेको हो ।

विद्यालयले एसइई ३ दशमलव ०१ जिपिएका साथ उत्तीर्ण छात्र अर्जुन रिमाल र २ दशमलव ८५ जिपिएका साथ उत्तीर्ण छात्रा सजला तिम्सिना तथा कक्षा ८ बाट उतकृष्ट अंकका साथ उत्तीर्ण छात्र गौरव लाम्गादे र छात्रा काजल तामाङलाई पनि छात्रवृति प्रदान गरेको हो ।

गत बर्षको परिक्षामा लाम्गादेले ७७ प्रतिशत र तामाङले ६८ प्रतिशत अंक ल्याएर उत्र्तीण भएका थिए ।

विद्यार्थीहरुलाई जनही २ हजार ७ सयका दरले छात्रवृति वितरण गरिएको विद्यालयले जनाएको छ । छात्रवृतिले विद्यार्थीहरु पढाईमा हौसला पुग्ने शिक्षकहरुको विश्वास छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार