माइजोगमाई : करिब ८ वर्षपछि माघमा इलामको सन्दकपुर, माबुको माथिलो डाँडा, जौबfरी, मेग्मामा अध्याधिक हिउँ परेकोले स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
धेरै हिउँ थुप्रिएकाले बाहिर निस्कन समेत समस्या परेको स्थनीयहरु बताउँछ्न् । लामो समयपछि बाक्लो हिउँ परेको कारण चिसोले जनजीवन मात्र होइन्, गोठमा पालेको चौपायाको पनि कन्तबिजोक भएको छ ।
चिसो अत्याधिक बढेकाले काम गर्न समस्या भएको र चिसोमा घास नखाएकोले चौपाया बिजोक भएको हो । दुई दिन लगातार हिउँ परेपनि तल्लो भेगका किसानलाई भने हिउँसँगै परेको माघे पानीले राहत मिलेको छ ।
माईजोगमाइका भोगेन्द्र थेबे ८ बर्षपछि माघमा हिउँ र पानी परेकोले खुशी छन् । माघको पानीझरी अ्मिलो हुने भएकोले यस बेला बालीनाली भिजेपछि उप्रान्त भिजाउनु नपर्ने तर्क बताउँछन् ।
सन्दकपुर र माईजोगमाइको तल्लो भेगमा हिउँदे आलु र अलैंचीबारी सिचाई गर्ने समयमा पानी परेकोले खुशी छन् । माइजोगमाइका अलैंची किसान मात्रिका थेबे खडेरी लाग्ने समयमा अलैंची र हिउँदे आलुलाई सिचाइ पुग्ने पानी परेकोले खुसी छन् ।
त्यस्तै सन्दकपुर गाउँपालिकाका कन्चन गुरुङ पनि यति बेलाको पानीले आलु भिज्दा मज्जाले फल्ने गरेको बताउँछ्न् ।