काठमाडौं : सात वटै प्रदेशबाट श्रम स्विकृती सुरु भएको छ । बुधबार प्रदेश १ को विराटनगर स्थित वैदेशिक रोजगार कार्यालयबाट पनि श्रम स्वीकृति दिन थालिएसंगै अब सातै प्रदेशबाट यो सेवा शुरु भएको हो ।
यो संगै वैदेशिक रोजगारीमा जानेहरुलाई श्रम स्वीकृतिका लागि काठमाण्डौं नै धाउनुपर्ने बाध्यता अन्त्य भएको छ ।
प्रदेश स्तरबाट श्रम स्विकृती दिन थालिएसंगै काठमाडौंमा श्रम स्विकृती लिनेहरुको संख्यामा पनि कमी आएको कार्यालयले जनाएको छ ।
हाल एकपटक विदेश गएर काम गरेकाहरुलाई पुनः श्रम स्वीकृति प्रदेशस्तरमा दिन थालिएको हो ।
कार्यालयले नयाँ श्रम स्विकृतीको लागी पनि पुर्वाधारको तयारी गरिरहेको र अब छिट्टै नै नयाँ श्रम स्विकृतीको लागी पनि काम गर्ने कार्यालयका निर्देशक सुरेश जोशीले जानकारी दिएका छन् ।