क्यानसरका रोगीहरुको संख्या अनपेक्षितरुपमा बड्दै

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : पछिल्लो समय क्यानसरका रोगीहरुको संख्या अनपेक्षितरुपमा बढेको छ ।

अव्यवस्थित जीवनशैली, खानपान र समयमै सचेतता नअपनाउँदा यो रोगले धेरैलाई सताएको छ । तर बेलैमा रोग पहिचान गरी उपचार गर्न सकियो भने क्यान्सरलाई जित्न पनि सकिन्छ ।

क्यान्सरका कारण हुने मृत्यलाई कम गर्ने र यससँग जोडिएका विषयमा जागरण दिने उदेश्यले हरेक फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

पहिचान गरी उपचार गर्न सकियो भने क्यान्सरलाई जित्न पनि सकिन्छ ।

क्यान्सरका कारण हुने मृत्यलाई कम गर्ने र यससँग जोडिएका विषयमा जागरण दिने उदेश्यले हरेक फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाउने गरिन्छ ।

पछिल्लो समय धेरै व्यक्तिहरु क्यान्सर रोगका कारण पीडित बनेका छन् ।

जसको कारण हो अव्यवस्थित जीवनशैली र खानपान । विशेष गरी सुर्तीजन्य पदार्थको उपभोग गर्ने मानिसहरु यो रोगबाट पीडित भएका छन् ।

अध्यनहरुका अनुसार संसारभर क्यान्सरले गराउने मृत्युको कूल ९० प्रतिशत सुर्तिजन्य पदार्थ सेवनका कारणले हुने गरेको पाइन्छ ।

केही क्यान्सरहरु भने पुस्तैनीरुपमै जिनमा आउने गर्दछ । आनुबंशीक क्यान्सर ५ देखि १० प्रतिशतसम्म रहेको पाइएको छ ।

पौष्टिक आहारको कमी मदिरा सेवन र नियमित व्यायामको कमीले पनि क्यान्सरलाई बढावा दिएको छ ।

कुनै समय यस्तो थियो क्यान्सर लागेपछि त्यसको उपचार असम्भव प्राय नै थियो । तर अहिले यो रोगको उपचारमा चिकित्सा विज्ञानले चामत्कारिक विकास गरेको छ ।

आफ्नो शरीरको नियमित चेक जाँच गराउने र यो रोग लागेको प्रारम्भीक अवस्थामै पहिचान गर्न सकियो भने क्यान्सर पूर्णरुपमा निको पार्न सकिन्छ ।

अन्य रोगको तुलनामा क्यान्सर रोगको उपचार केही खर्चिलो र लामो समय लाग्ने हुन्छ । अहिले नेपालका धेरै अस्पतालमा यो रोगको स्तरीय उपचार हुने गरेको छ ।

सरकारले क्यान्सर रोगीहरुलाई उपचारको लागि एक लाख रुपैंयासम्म उपलब्ध गराउँदै आएको छ ।

विरामीहरुले भने यो सहयोगलाई अपर्याप्त भएको गुनासो गर्दै आएका छन् ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार