प्रधानाध्यापकलाई कार्वाही गर्न संघीय विद्यार्थी युनियनको माग

  नयाँ बुलन्द
0 Shares

पाँचथर : पाँचथरको सदरमुकाम फिदिम स्थित फिदिम माध्यमिक विद्यालय कक्षा ९ मा अध्ययनरत रोहित राईलाई अस्पताल भर्ना हुने गरी कुटपिट गर्ने प्रधानाध्यापकलाई कारबाहीको माग गरिएको छ ।

प्रधानाध्यापक दुर्गाराज खत्रीलाई कारबाही गर्न मागगर्दै संघीय विद्यार्थी युनियनले राजीनामा सहितको कारबाहीको माग गरेका छन् । युनियनले शुक्रबार विज्ञप्ति जारी गर्दै कारबाहीको माग गरेका छन् ।

विद्यालय बालमैत्री बातावरणमा विद्यार्थीले पठन पाठन गर्न पाउनु पर्ने ठाउँमा प्रअले नै विद्यार्थीलाई निर्घात कुटपिट गरी त्रासयुक्त बातावरण सृजना गरेको विज्ञप्तिमा भनिएको छक्त राईलाई विहीबार प्रअखत्रीले टाउकोमा गम्भिर चोट पर्ने गरी कुटपिट गरेका थिए ।

राईअहिले जिल्ला अस्पताल पाँचथरमा उपचाररत छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार