पवित्रहाङमा गोल्डकप खदम स्पोर्टिङ क्लब मोरङ विजयी

माङसेबुङ : इलामको माङसेबुङमा जारी पवित्रहाङमा गोल्डकपको नवौं संस्करणको खेलकुद प्रतियोगितामा शुक्रबार भएको खेलमा खदम स्पोर्टिङ क्लब मोरङ ४–० ले विजयी भएका छन् ।

प्रतियोगितामा चुलाचुली गाउँपालिका खेलकुद विकास समिति र खदम स्पोर्टिङ क्लब मोरङबीच भएको प्रतिष्पर्धामा खेलको २२ औं मिनेटमा खदमका कामना राईले गोल गरेका थिए । क्रमश ३० औं मिनेटमा रेश्ना राईले गोल थपे । मध्यान्तरपछिको ३५ औं र ४० औं मिनेटमा कामना राईले उत्कृष्ट गोल प्रहार गर्दै हयाट्रिक गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो । चर्को दबाब खेपीरहेका चुलाचुली गाउँपालिका खेलकुद विकास समितिले भने गोल गर्न सकेन ।

किरात साम्यो हक्चात यक्चुम माङसेबुङ इलामको मुख्य संयोजनमा हुने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ महिला टीमको सहभागीता छ ।

फूटबलको विजेताले नगद ६३ हजार एक सय ६३ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६३ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् ।

प्रतियोगितको फाइनल आगामी फागुन २ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार