माइजोगमाई गाउँपालिकामा कृषि सामाग्री वितरण

  नयाँ बुलन्द
0 Shares

माइजोगमाइ : माइजोगमाइ माइजोगमाइ गाउँपालिका कृषि शाखाको आयोजनामा माइजोगमाइ गाउपालिका भरीका कृषकहरुलाइ कृषि सामाग्री बितरण गरिएको हो ।

सबै वडाकका अध्यक्षताहरु तथा माइजोगमाइ कृषि शाखा प्रमुख अनिसा राइको उपस्थितिमा कृषि सामाग्री बितरण गरिएको हो । बिभिन्न कृषि समुहका कृषक अपाङ्ग असक्त र अग्रज किसान हरुलाइ कृषि बिउ बितरण गरिएको जनाइएको छ । अपाङ्गता भएका व्यक्तिलाई ४० केजी, सबै सहकारी समुहलाई १०० केजी,  अगुवा कृषकलाइ २० केजी मनकामना र गणेश १ नामक मकैको बिउ बितरण साथै काक्रा भिण्डी करेलाको बिउ समेत बितरण गरिएको हो ।

माइजोगमाइ गाउँपालिकाको सबै वडामा गत साताबाट कृषि सामाग्री बितरण थालिएको थियो । वडा कार्यलयहरुले सिफारिस गरेका किसानहरुलाई कृषि सामाग्गी बितरण गरिएको कृषि शाखा प्रमुख अनिसा राइलाई उदृत गर्दै स्थानीइ डम्बर निरौलाले जानकारी दिएक छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार