माङसेबुङकाे पवित्रहाङमा गोल्डकपमा कन्काई ११ झापा विजयी

  नयाँ बुलन्द
0 Shares

इलाम: इलामको माङसेबुङमा जारी पवित्रहाङमा गोल्डकपको नवौं संस्करणको खेलकुद प्रतियोगितामा बिहिबार भएको खेलमा कन्काई ११ झापा ३–० ले विजयी भएकाे छ।

किरात धर्मगुरुआमा मुहिगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनको ६३ औं जन्मोत्सवको अवसरमा आयोजित गोल्डकप अन्तरगत भएको प्रतियोगितामा कन्काई ११ झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतारा सुनसरी, बिच भएको प्रतिष्पर्धामा खेलको ३० औं मिनेटमा कन्काईका निर्मला राईले गोल गरेका थिए ।

यस्तै मध्यन्तरपश्चातको ४० औं र ५५ मिनेटमा पवित्रा राईले २ गोल गर्दै कन्काई ११ विजयी भएको हो । निरन्तर प्रयास गरेका माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतारा सुनसरीले केही राम्रा अवसरहरु पाएपनि गोल भने गर्न सकेन ।
किरात साम्यो हक्चात यक्चुम माङसेबुङ इलामको मुख्य संयोजनमा हुने प्रतियोगितामा इलाम, झापा, मोरङ र सुनसरीका ८ महिला टीमको सहभागीता छ ।

प्रतियोगितामा माङसेबुङ युथ सोसाईटी माङसेबुङ इलाम, शिवसतासी स्पोर्टिङ क्लब दुधे झापा, कन्काई ११ झापा, माउण्ट एभरेस्ट स्पोर्टिङ क्लब चतारा सुनसरी, चुलाचुली गाउँपालिका खेलकुद विकास समिति, खदम स्पोर्टीङ क्लब मोरङ, लेटाङ फूटबल क्लब मोरङ र माङसेबुङ खेलकुद विकास समिति इलामको सहभागिता रहनेछ ।

फूटबलको विजेताले नगद ६३ हजार एक सय ६३ रुपैयाँ र उपविजेता टिमले नगद ३५ हजार एक सय ६३ रुपैयाँसहित ट्रफि, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यस्तै सर्वा्धिक गोलकर्ता, उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्डर र उत्कृष्ट गोलकिपरले जनही तीन हजार एक सय ६३ रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यस्तै गोल्डकपमा फूटबलका साथै अन्य विभिन्न खेलहरु पनि हुनेछन् । अन्य खेलहरुमा म्याराथुन दौड, छेलो (पक्लुङ), म्युजिकल चियर, हाँडी फुटाउने, लठ्ठा तान्नेलगायतका खेलहरु सञ्चालन हुनेछन् ।
म्याराथुनमा प्रथम हुनेले नगद पाँच हजार एक सय ६३, द्वितीय हुनेले चार हजार एक सय ६३, तृतीय हुनेले तीन हजार एक सय ६३ र चौथो हुनेले दुई हजार एक सय ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् । छेलो (पक्लुङ) मा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ मेडल र प्रमाणपत्र पाउँनेछन् ।

म्युजिकल चियरमा प्रथम हुनेले नगद एक हजार पाँच सय ६३ र द्वितीय हुनेले एक हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँनेछन् । हाँडी फुटाउनेमा प्रथम हुनेले नगद एक हजार ६३ रुपैयाँ साथमा मेडल र प्रमाणपत्र पाउँनेछन् । त्यस्तै लठ्ठा तान्नेमा प्रथम हुनेले नगद तीन हजार ६३ र द्वितीय हुनेले नगद दुई हजार ६३ रुपैयाँ, मेडल र प्रमाणपत्र पाउँने आयोजकले जनाएको छ ।
प्रतियोगितको फाइनल आगामी फागुन २ गते हुनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार