माई : तामाङ जातिको २ हजार ८ सय ५५ औं नयाँ वर्षको अवसरमा इलामको माई नगरपालिका ९ राँगापानीस्थित छेक्देन छोवली निर्माणधीन गुम्बामा सोनाम ल्होसार विशेष कार्यक्रम सम्पन्न भएको छ ।
गुम्बा निर्माण समिका अध्यक्ष धनबहादुर तामाङको अध्यक्षता र प्रदेश १ का सांसद काजिमान कागतेको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा जिल्ला समन्वय समिति इलामका उपप्रमुख चित्रकला बराइली, माइ नगरपालिकाका प्रमुख दिपककुमार थेबे, वडा नम्बर ९ का वडाअध्यक्ष लिलाकुमार बान्तावा, नेपाल आदिवासी जनजाति महासंघ माइ नगर अध्यक्ष बिरु पापो, फेस्याङदेन संघका प्रमुख टुपेन्द्र एक्तेन लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा तामाङ नाच, लिम्बू समुदायको च्याब्रुङ नाच (केलाङ) जातिको, राई जातिको साकेलालगायत प्रस्तुत गरिएको थियो ।
कार्यक्रमका अथितीहरुले निर्माणाधीन गुम्बाको लागि आर्थिक सहयोग समेत गरेका छन् ।
कार्यक्रममा गुम्बा निर्माणका लागि जग्गादाता तुल्सी तामाङलाई समान गरिएको थियो । तामाङले गुम्बा निर्माणका लागि २ रोपनी जग्गा निशुल्क उपलब्ध गराएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सांसद काजीमान कागतेले प्रदेश सरकार र स्थानीय सरकारबीच कानूनी समन्वय नभएकोले सार्वजनिक बिदामा अलमलिएको स्वीकार्दै आगामी वर्ष सोना ल्होसारमा विदा हुने बताए ।