इलाम : फाग ल्हो सोनाम तथा ग्याल्बो ल्होसार सदरमुकामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा विद्यार्थीहरुले भव्य रुपमा मनाएका छन ।
तामाङ समुदाय र शेर्पा समुदायले चन्द्र पात्रो अनुसार मनाउँदै आएको ल्होसार अर्थात नयाँ वर्षको अवसर पारेर आज महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाममा विद्यार्थीहरुले शुभकाना आदानप्रदान तथा विद्यार्थी भेला कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा शुभकामना राख्दै अनेरास्ववियु तथा अखिल क्रान्तिकारीका जिल्ला अध्यक्षद्वय इश्वरी तामाङ र विपिन पोखरेल, केन्द्रिय सदस्यहरु रबिन्द सुबेदी र शन्धिभक्त शंकरले नेपालमा जातिय, धार्मिक, भौगोलिक विविधता रहेको यिनै विविधता र अनेकता विचमा भावनात्मक एकता रहेकोले सबै पर्वहरुलाई सम्मान दृष्टिकोणले हेरिनु पर्नेमा जोड दिए । उनीहरुले विद्यार्थी सचेत जमात भएकोले पनि विद्यार्थीहरुले सहिष्णुता पैदा गर्न हरदम भुमिका निर्वाह गर्नु पर्ने कुरा बताए ।
कार्यक्रम अनेरास्ववियू जिल्ला सचिव विपन तुम्रोक, सह–सचिव मिलन खत्री, नयन राईलगायतको समेत उपस्थिती थियो ।
अनेरास्ववियू महेन्द्र रत्न बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष दर्शन राईको अध्यक्षतामा कार्यक्रम भएको अनेरास्ववियू मरबका सचिव विशाल कार्कीले जानकारी दिए ।