इलाम : १५ वर्षीया एक नाबालिकालाई जबरजस्ती करणी गर्न खोजेको आरोमा एक भारतीय युवा पक्राउ परेका छन् ।
भारतको विहार घर भई हाल इलामको माई नगरपालिका-३ मा मजदुरी गर्दै आएका २६ वर्षीय मुर्सिद खान पक्राउ परेका हुन् ।
विद्यालय जाँदै गरेकी नाबालिकालाई जबरजस्ती गर्न खोजेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।