कालिकोट : कालिकोटमा पूर्व माओवादी केन्द्रका ७५ जना नेता तथा कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । लंकबहादुर बुढाको नेतृत्वमा ७५ जना तात्कालीन माओवादी केन्द्रका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश भएका हुन् ।
पार्टी प्रवेश गर्ने पूर्व माओवादीका नेता तथा कार्यकर्ताहरुलाई नेकपाका केन्द्रीय सदस्य हितमानलेले अविर लगाएर स्वागत गरेका थिए । नेता हितमान नवप्रबशीहरुलाई पार्टी प्रवेश गराउने क्रममा प्रचण्डले जनताका आशाहरुलाई चटक्कै छाडेर संसदीय व्यवस्थामा पतन भएको आरोप लगाए ।
प्रचण्ड लगायत मुख्य नेतृत्व विभिन्न देशमा बसेरका कारण नेताहरुले वर्ग संघर्षको पीडा नबुझेकाले क्रान्तिलाई धोका दिएको दाबी गरे । प्रचण्ड बाबुरामको पराजयको मनस्थितिले गर्दा उनीहरु दक्षिणपन्थी बटोमा लागेर आज आज एमालेमा पतन हुन पुगेको बताए ।
पछिल्लो समय सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताहरु विप्लवले नेतृत्व गरेको नेकपामा आकर्षित भैरहेका छन् । नेकपाका महासचिव विप्लव अहिले भूमिग रुपमा पार्टी संचालन गरिरहेका छन् । लामो समयदेखि सरकारले विप्लवलाई निगरानीमा राखेपनि अहिलेसम्म पत्तो लगाउन सकेको छैन ।
सोही पार्टीका दोस्रो बरियताका नेता खड्गबहादुर विश्वकर्मालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरि ५० दिनसम्म हिरासतमा लिएको थियो । सरकारले नेकपाका शीर्ष नेताहरुलाई धमाधम पक्राउ गरेपछि सो पार्टीले आफ्नो संगठनात्मक प्रगती भएको दाबी गर्दै आएको छ । साथै सो पार्टीमा प्रवेश गर्नेहरुको क्रम दिनानु दिन बढ्दो छ ।
संविधान सभाको नर्वाचनमा प्रक्रियाबाट बाहिर रहेको सो पार्टीले नेपालको संविधान २०७२ लाई समेत नमान्ने खुल्ला खल्ला घोषणा गर्दै आएको छ । सरकार विप्लव नेकपाप्रति जति कडा भएर प्रस्तुत बन्दै गयो सो पार्टी त्यति शक्तिशाली हुँदै गएको छ ।