शहिद स्मृति फूटबल : पाथीभरा र मुनाल विजयी

  नयाँ बुलन्द
0 Shares

फाकफोकथुम : इलामको फाकफोकथुम गाउँपालिका ७ एकतप्पामा जारी तेस्रो संस्कणको शहिद स्मृति खुल्ला नकआउट फूटबल प्रतियोगितामा पाथीभरा फूटबल क्लब फाकफोथकुम-७ र मुनाल फूटबल क्लब देउमाई नगरपालिका-२ विजयी भएका छन् ।

सोमबारको पहिलो खेलका लागि वरभञ्ज्याङ फूटबल क्लब निर्धारित समयमा खेलमैदान प्रवेश नगरेपछि पाथीभरा क्लब स्वत विजेता घोषित बन्यो । त्यस्तै दोस्रो खेलमा नामसिंह ११ लाई १-० गोल अन्तरले पराजित गर्दै मुनाल फूटबल क्लब विजेता बन्यो ।

प्रतियोगिता अन्तरगत मंगलबार पनि दुई खेल संचालन हुनेछन् । पहिलो खेलमा कंचनजंघा फूटबल क्लब आमचोक र आयोजक ‘वी’ तथा दोस्रो खेलमा आयोजक ‘सी’ र घुर्बिसे पंचमी पाँचथरबीच प्रतिष्पर्धा हुने आयोजक समितिका सचिव सुमन दियालीले जानकारी दिए ।

प्रतियोगिताका विजेताले नगद ५० रुपैयाँ तथा उपविजेताले नगद ३० हजार रुपैयाँ सहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यसैगरी म्यान अफ द टुनामेन्टलाई समेत पुरस्कार पाउनेछन् ।

प्रतियोगितामा इलाम र पाँचथरका विभिन्न १५ टिमको सहभागीता छ । प्रतियोगिताको फाइलन १ फागुनमा हुनेछ ।

सोही प्रतियोगिताको अवसरमा ४० वर्ष उमेर माथिका टिमको सहभागिता रहने गरी भ्याट्रन फूटबल प्रतियोगिता समेत संचालन हुनेछ ।

यसैबीच प्रतियोगिताको फाइनलमा मेला बजार र सुमधुर साँस्कृतिक कार्यक्रमको समेत तयारी गरिएको छ । साँस्कृतिका कार्यक्रममा कलाकारहरु प्रकाश बस्नेत, रमेश सुनुवार, विजय मुकारुङका साथ अन्य स्थानीय कालाकारहरुको प्रस्तुती रहनेछ । साथमा युनिक डान्स सेन्टरका कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको  छ ।

देशमा परिवर्तनका लागि विभिन्न समयमा भएका विभिन्न संघर्षमा आफ्नो ज्यानको आहुती दिएका महान् शहिदहरुको स्मृतिमा विगत ३ वर्षदेखि एकतप्पामा शहिद स्मृति फूटबल प्रतियोगिता संचालन भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार