प्रदेश १ को नाम सगरमाथा वा कोशी राखिए सशस्त्र युद्द हुन्छ : कुमार लिङ्देन (भिडियो सहित)

  नयाँ बुलन्द
14 Shares

विराटनगर : संघीय लोकतान्त्रिक लोकतान्त्रिक राष्ट्रिय मंच संघीय लिम्बुवान मंचका अध्यक्ष कुमार लिङ्देनले प्रदेश १ को नामकरण पहिचान विरोधी सगरमाथा वा कोशी राखिए देशमा ठूलो शसस्त्र जनयुद्द हुने चेतावनी दिएका छन् ।

आइतावार बिराटनगरमा प्रदेश १ को प्रदेश कार्यालय अगाडि आयोजित धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देन भने ‘एक नम्वर प्रदेशको नामकरण राई र लिम्बुको घाँटी काट्ने गरि कोशी सगरमाथा राखिए त्यस्ता सांसदलाई सदनबाट थुतेर सडक मा ल्याएर बन्चरोले टाउको फोर्छौ ।’

उनले पहिचान समाप्त गर्ने खेल बन्द गर्न आग्रह गरे । ‘अबको शिल्पी शिल्पी छैन हिजो हामीले दलित भनेर हेप्यौ अव त्यो दलित छैन, हिजो लिम्बुवान र किरात खम्बुवान त्यसै गरि मधेशी बिचमा फुट ल्याउन षड्यन्त्र गरेका थियौ तर आज हामि एउटा ब्यानरमा आयौ अव तिमि के गर्छौं ?’ उनले प्रश्न गर्दै अध्यक्ष विङदेनले भने, ‘उत्पीडित समुदायहरुले तिम्रो षड्यन्त्र बुझी सकेका छन् तसर्थ अव तिम्रो जालझेल पूर्ण गेम बन्द गरे हुन्छ ।’

प्रदेश १ लाई लिम्बुवान किरात खम्बुवान नामकरण गराउन माग गर्दै आइतबार आयोजित धर्नामा मधेशदेखि पहाडसम्मका सवै जनता सहभागी भएको लिङदेनको दावी छ ।

भिडियो हेर्नुहोस् :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार