चितवन : चितवनमा मिनीबसको ठक्करबाट आज बिहान एक वृद्धाको मृत्यु भएको छ ।
पूर्वी चितवनको टाँडीबाट लोथरतर्फ जाँदै गरेको बा. ३. ख. २५६५ नम्बरको स्थानीय रुटमा चल्ने मिनीबसले पैदलयात्री राप्ती नगरपालिका–४ डुडुवा चोककी करीब ७५ वर्षीया लीलामाया हुमागाईं लाई ठक्कर दिँदा उनको घट्नास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने बस प्रहरी निन्त्रणमा लिएको छ ।
बस चालक फरार भएपनि प्रहरीको सम्पर्कमा रहेको इलाका प्रहरी कार्यालय भण्डाराले जानकारी दिएको छ । हुमागाईंको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।