इलाम : नेपालको पूर्वी पहाडी जिल्ला इलामलाई पहाडकी रानी एक पर्यटकीय क्षेत्रको गन्तव्य नै मानिन्छ । इलामको सुन्दरतालाई नेपालका प्रत्येक मान्छेहरुलाई एक पटक अवलोकन गर्न रुचाउँछन् ।
हरियाली भुमी, प्राकृतिक हराभरा, नागवेली बाटो रहेको यो जिल्ला जसलाई नकुदिँएको हीराको रुपमा समेत परिभाषित गरिएको छ । अझ यसको मूख्य पहिचान चियाबारीको त झन् कुरै नगरौँ । एकै वर्षमा लाखौँ पर्यटक भित्रने गर्दछ इलाममा ।
इलाममाका मानिसहरु इलामलाई अझ पर्यटकीय क्षेत्रको रुपमा चिनाउन विभिन्न नयाँ नयाँ पर्यटकीय स्थलहरुको पहिचान, संरक्षण र प्रबद्र्धनमा पनि उत्तिक्कै सक्रिय देखिन्छन् । पर्यटकीय स्थलहरुको खानी इलाममा पर्यटकलाई ल्योभ्याउन र आकर्षण गराउन विभिन्न क्षेत्रमा विशेष गरेर युवाहरु सक्रिय देखिन्छन् । यसकै एक उदाहरण हो वोतल प्रतिक्षालय निर्माण ।
हुन त अरु जिल्लाहरुमा बोतल प्रतिक्षालयलाई नयाँ मानिन्दैन । यसको मतलव अरु जिल्लाहरुमा वोतल प्रतिक्षलय निर्माण भईसकेका छन् । इलामेली पनि के कम । अहिले ठ्याक्कै बोतल प्रतिक्षालय (ग्लास बोतल हाउस) निर्माणमा लागेका छन् ।
इलाम सदरमुकाममा पहिलोपल्ट बोतल प्रतिक्षालय निर्माण सुरु गरिएको हो ।
इलाम नगरपालिका–७, हरित शान्ति अभियान नर्सरी स्थित प्रतिक्षलय निर्माणको अभियानका मूख्य अभियानताहरु भने जापानकी विदेशी महिलाहरु फुमिया तानाका र बान्री मोरोकवा हुन् ।
उनीहरुलाई इलामे युवा र महेन्द्र रत्न बहुमुखी क्याम्पस इलामले सहयोग गरिरहेका छन् ।