माईजोगमाई विश्‍व सिमसार दिवस मनाईयो

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माइजोगमाई गाउँपालिककाको पर्यटकीय श्रेत्र उत्तरे पोखरीमा सिमसार दिवस मनाइएको छ ।

सिमासार तथा जलवायु परिवर्तन भन्ने मुल नाराका साथ माईजोगमाई गाउपालिकाको नयाँबजारमा र्याली सहित बजार परिक्रमा साथै उत्तरे पोखरीको सरसफाई गरि विश्व सिमसार दिवस मनाइएको हो ।

उत्तरे सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष मिङ्मा तामाङको अध्यक्षता र माईजोगमाई गाउँपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख अथित्यतामा भएको कार्यक्रममा डिबिजन वन कार्यलय ईलामका सन्जीवराज ढकाल, माईजोगमाई गाउँपालिकाका प्रमुख प्रसासकीय अधिकृत चन्द्रप्रकाश बस्नेत, ईलाका प्रहरी कार्यलय नयाँबजारका प्रहरी ईन्चार्ज राजु ठकुरी, रेडियो फिक्कलका डम्बर निरौला लगायत स्थानीयबासी र संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितमा थियो ।

प्रर्यटकीय क्षेत्रको रूपमा रहेको उत्तरे पोखरीलाई अझै विकास गरि विश्व सिमसार सूचिमा सुचिकृत गराउन माईजोगमाई गाउँपालिका लागिपर्ने गाउँपालिका अध्यक्ष जितबहादुर राईले प्रतिवद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार