सत्तारुढ नेकपाका दर्जनौं नेता-कार्यकर्ता विद्रोही नेकपामा प्रवेश

  नयाँ बुलन्द
0 Shares

चितवन : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले देशव्यापी रुपमा सञ्चालन गरेको संगठन सुदृढिकरण तथा विस्तार अभियानमा विभिन्न पार्टीका नेता कार्यकर्ता प्रवेश गर्ने क्रम बढेको छ ।

चितवनमा मात्र सत्तारुढ नेकपाका जिल्ला स्तरीय नेता सहित २१ जना कार्यकर्ता विप्लव नेतृत्वको नेकपामा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई नेकपाका चितवन सेक्रेटरी धु्रवले स्वागत गरेका थिए ।

जिल्लाको राप्ती नगरपालिका १ मा गरिएको एक जनभेलामार्फत उनीहरु नेकपामा प्रवेश गरेका हुन् । उक्त जनभेलालाई सम्बोधन गर्दै जिल्ला सेक्रेटरी ध्रुर्वले सामाजिक दलाल पुँजीवादी सरकारले चुनावी नारा जनताका पक्षमा काम गर्ने दिएको तर काम भने दलाल पुँजीवादीहरुको पक्षमा गरिरहेको बताए ।

कथित कम्युनिस्ट नामको सरकारले वास्तविक कम्युनिस्ट पार्टीमाथि हस्तक्षेप गरेको भन्दै सेक्रेटरी धु्रर्वले इट्टाको जवाफ पत्तथरले दिने विचार ब्यक्त गरे । उनले आफ्नो पार्टीले अगाडि सारेको एकिकृत जनक्रान्तिको बाटोबाट स्थापना हुने वैज्ञानिक समाजवादमा मात्र जनताका सबैप्रकारका समस्याहरुको हल हुने दाबी गरे ।

कार्यक्रममा नेकपाका राप्ती नगरपालिकाका इन्चार्ज अमर गोपाली, कार्यालय सचिव प्रेम चौधरी, अखिल नेपाल महिला संघ (क्रान्तिकारी) जिल्ला अध्यक्ष अञ्जना तामाङ, पार्टी जिल्ला सदस्य हुकुम खड्का र सौरवले आ–आफ्नो भनाइ राखेका थिए । सोही ठाउँमा दोर्जे तामाङको नेतृत्वमा ११ सदस्यीय वडा समिति निर्माण गरिएको छ । कार्यक्रमको अध्यक्षता तथा सञ्चालन दोर्जे तामाङले गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार