काठमाडौं : नेपाली कांग्रेसको भातृ संस्था नेपाल विद्यार्थीसंघ (नेविसंघ )ले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव सवार गाडी नियन्त्रणमा लिएको छ ।
विदाको दिन सरकारी गाडी चल्न रोक गरेको नेविसंघले शनिवार लाजिम्पाटबाट सो गाडी नियन्त्रणमा लिएको छ । नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले प्रधानमन्त्री कार्यालयको गाडी आफ्नो नियन्त्रणमा रहेकाे पुष्टि गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यलयको सचिव शिशिर कुमार ढुंगाना चढ्ने बा १ झ ९९९५ नम्बरको गाडी नियन्त्रणमा लिएको हो । सरकारी बिदाको दिनपनि सरकारी गाडी चलाएर दुरुपयोग गरेको भन्दै नेविसंघले यस्तो अभियान सन्चालन गरेरिएको नेविसंघ केन्द्रीय सदस्य सुशील भट्टले बताएका छन् ।
भट्टसहित निरञ्जन थापा, गणेश सापकोटा, सन्तोष गुरुङलगायतको समुहले मन्त्रिपरिषद् कार्यालयको गाडी नियन्त्रणमा लिएको हो । केन्द्रीय सदस्य भट्टका अनुसार नियन्त्रणमा लिएको गाडी आजै साँझ ट्राफिक कार्यलयमा बुझाईनेछ ।