इलाम : इलाममा स्थापना गरिएको अध्यागमन कार्यालय कामविहीन भएको छ ।
सूर्योदय नगरपालिका–२ मा पर्ने पशुपतिनगर फाटक नाकामा सात जना कर्मचारीको दरबन्दीसहित अध्यागमन कार्यालय स्थापना गरिएको भए पनि सेवा सुचारु नहुँदा कर्मचारी कामविहीन भएका हुन् ।
भारतीय पक्षले आफ्नो तर्फ अध्यागमन कार्यालय स्थापना नगरेपछि नेपालतर्फको कार्यालयको पनि काम गर्न नसकेको हो ।
भारतीय पक्षले पनि फाटक नाकामा अध्यागमन कार्यालय खोलेपछि मात्र नेपालतिरको कार्यालयको काम हुने कार्यालय प्रमुख गणेशचन्द मिश्रले बताए ।
तेस्रो मुलुकबाट आउने पर्यटक वा आगन्तुकलाई नेपाल प्रवेशको अनुमति दिने र तेस्रो मुलुकका पर्यटकलाई भारत प्रवेश गर्दा भिषा दिने काम यो कार्यालय मार्फत् हुने गर्दछ । तर, त्यसका लागि भारततर्फ पनि सोही नाकामा उस्तै कार्यालय आवश्यक पर्छ ।