काठमाडौं : नेपाल चिकित्सक संघले आजदेखि सरकारी अस्पतालमा स्वास्थ्य सेवा बन्द गरेपछि विरामी अलपत्र परेका छन् ।
अनसनरत डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै चिकित्सक संघले आकस्मिक बाहेक अन्य सेवा बन्दको घोषणा गरेपछि देशभरको चिकित्सकीय सेवा प्रभावित भएको छ ।
अस्पतालमा टिकटको लागि विहानैदेखि लाइन लागे पनि ओपिडी (बहिरंग) को काउण्टर नखुलेपछि विरामीहरु निराश भएर फर्किन वाध्य भएका छन् ।