माङसेबुङ गाउँपालिकाको जनगुनासो सुन्‍न मोबाइल एप्स

  नयाँ बुलन्द
0 Shares

इलाम : इलामको माङसेबुङ गाउँपालिकाले मोबाइल एप्स निर्माण गरेको छ । सर्वसाधारण तथा सेवाग्राहीले राखेका गुनासो, सुझाव तथा समस्याको सुनुवाई गर्न भन्दै माङसेबुङ गाउँपालिकाले मोवाइल एप्स सार्वजनिक गरेको हो ।

एप्समा गाउँपालिकाको परिचय, सबै वडाको विवरण, त्यहाँको प्राकृतिक, भौगोलिक, साँस्कृतिक तथा सामाजिक अवस्था, गाउँपालिकाले दिने सेवाहरु, कार्यक्रम तथा परियोजना, सूचना तथा जानकारी, सुझाव तथा गुनासो,  ऐन कानुन,  महत्वपूर्ण स्थान र आपतकालिन नम्बरबारे जानकारी राखिएको छ ।

साथै गाउँपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनका लागि पुरा गर्नु पर्ने प्रक्रिया तथा कागजात, जिम्मेवार व्यक्ति लगायतका जानकारी छ ।

आफुले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स निर्माण गरिएको गाउँपालिका अध्यक्ष डिकेन्द्र इधिङ्गोले बताए । ‘नागरिकलाई सहज रुपमा सूचना प्रवाह गर्न र गाउँबासीको जनागुनासो सुन्न सहज होस् भन्ने उद्देश्यले मोवाइल एप्स निर्माण गरेका हौं’ अध्यक्ष इधिङ्गोले भने ।

जन्म दर्ता, मृत्यु दर्ता, घटना विवरण, गाउँपालिकाको योजनागत कार्यक्रम, गाउँपालिकाका प्रगति विवरण, गाउँ क्षेत्रका सबै वडा कार्यालय समेटर एप्स बनाइएको गाउँपालिकाले छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार