नेकपाका केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मा प्रहरीको फन्दामा

काठमाडाैं : नेपाल कम्युनिस्ट पार्टीको जनवर्गीय संगठन अखिल (क्रान्तिकारी)का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र बिश्वकर्मालाई प्रहरीले गिरफ्तार गरेको छ । विहीबार साँझ बिराटनगरको बिमानस्थलबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।
अखिल (क्रान्तिकारी) झापा जिल्लाले आयोजना गरेको एनसेल विरुद्ध बिरोध प्रदर्शन सकेर काठमाडौं फर्कने क्रममा बिराटनगरको बिमान स्थलबाट विमान स्थल चढ्नेबेला गिरफ्तार गरेको हो ।

विकलाई जिल्ला प्रहरी कार्यलय मोरङमा राखिएको छ।

उता विकको गिरफ्तारीप्रति  नेपाल कम्युनिस्ट पार्टीले बिरोध गरेको छ।  दलाल पुँजीवादी सरकार भारतीय साम्राज्यवादको इसारामा रास्ट्रियताको आन्दोलनलाई कमजोर बनाउने षड्यन्त्र भएको नेपाल कम्युनिस्ट पार्टीका पुर्वी कमाण्ड इन्चार्ज अनिल विरहीले बताउनु भयो ।

केही दिन अगाडि विद्यार्थीहरूले रास्ट्रियताको आन्दोलनको विषयलाई लिएर सिमानामा काँडेतार लगाएर सुरु गरेको थियो भने यसै बीच एनसेलले ७२ अर्ब कर छलि विरुद्धमा देशभरी प्रदर्शन गर्दै आइरहेको क्रममा विद्यार्थी नेतालाई गिरफ्तार गर्नु निन्दनीय भएको नेता अनिल विरहीले बताउनु भएको छ ।mirmireonline बाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार