पाँचथर : पाँचथरको मिक्लाजुङ गाउँपालिका ७ नम्बर वडा कार्यालयले कार्यालयको सेवा प्रवाह घर टोलमै गएर दिन सुरु गरेको छ ।
वडाले आफ्नो कार्यालयबाट प्रवाह हुने सवै सेवाहरु घुम्ति शिविर मार्फत विहिवार वाट घर टोलमै गएर दिन थालेको हो ।
वृद्धवृद्धा, अशक्त, बालबालिका लगायतको आवश्यकतालाई ध्यानमा राखेर घर टोलमा गएर सेवा दिन थालेको वडा अध्यक्ष मिनराज माखिले जानकारी दिए । “घर टोलमा गएर सेवा दिएका छौं आशा छ, यसले स्थानीय सरकार भएको आभास हुनेछ” माखिमले भने ।
स्थानीय सरकार वन्नु भन्दा अघि सेवाको वरिपरि नागरिक हुन्थे तर अव वडाले नागरिक केन्द्रित सेवालाई व्यवहारमा उतार्ने पनि माखिमले बताए ।
यो आर्थिक वर्षमा घर टोलमा घरमा गएर १० दिन सम्म सेवा दिने योजना रहेको वडाका कर्मचारी वोलप्रसाद घिमिरेले बताए । यसपटक हाम्रो पहिलो अभ्यास हो यदि प्रभावकारी भइ नागरिकले आवश्यकता महसुस गरेमा यस्तो सेवालाई थप प्रभावकारी वनाएर लैजाने पनि घिमिरेले जानकारी दिए ।
घुम्तिसेवा प्रति नागरिकको सकारात्मक प्रतिक्रिया आएको छ, आशा छ यसले नागरिकमा वडा कार्यालय प्रति थप सुमधुर र विश्वासको वातावरण निर्माण गर्नेछ घिमिरे भने ।
घुम्ति सेवामा धेरै जसो वर्षोदेखी मालपोतको कर नतिर्नेहरुले सेवा लिएको पाइएको छ । घरमै मालपोतको कर तिर्न पाँउदा खुसी लाग्यो मिक्लाजुङ ७ लुमाङदिनका नागरिक प्रेमराज माखिमले भने । वूढो भएर वडा कार्यालय जान नसकेर मालपोत कर तिर्न पाएको थिएन तर आज घरमै कर चुक्ता गर्न पाएकोमा वडा कर्मचारीलाई धन्यवाद दिदै माखिमले खुसी व्यक्त गरे ।
‘समयमै कर नर्तिदा जरिवाना लाग्छ भन्ने थाहा थिएन, कर तिर्न मेरो पनि ढिलो भएछ जरिवानामा म पनि परें त्यसैले पहिले नै घर टोलमै वडा कार्यालयले सेवा दिनुपर्ने थियो’ माखिमले गुनासो गरे ।
घु्म्ती शिविर वडालाई विभिन्न ६ व्लकमा वाँडेर सञ्चालन हुन जनाइएको छ । शिविरमा जनप्रतिनिधि, वडा सचिव, वडाका अन्य कर्मचारी लगायत खटिरहेका छन्