इलाम : मेचि ब्युरोकाे इलाम र पाँचथरमा सञ्चालित संगठन सुदृढीकरण तथा बिस्तार अभियानकाे आज १७ औ दिन पाँचथरकाे फाल्गुणानन्द गाउँपालिका साबिककाे अाङसाराङ ६ मेलबाेटेमा विशाल जनसभा सम्पन्न भएको छ ।
सामना साँस्कृतिक कार्यक्रम सहित सम्पन्न भएको जनसभालाई पार्टीका पाेलिट ब्युरो सदस्य अाेम प्रकाश पुनले सम्बाेधन गरेका थिए । संबाेधनका क्रममा नेता पुनले नेपालमा अपराधलाई राजनितिकरण र राजनितिलाई अपराधिकरण गरिएको कुरा बताए ।
बहुराष्ट्रिय कम्पनी अन्तरगतकाे एनसेलले नेपालबाट ७२ अर्ब करछलि गरेको बिरुद्धमा अखिल क्रान्तिकारीले देश ब्यापी बिराेध प्रदर्शन गर्ने क्रममा अाज झापामा बिद्यार्थीहरु माथि भएको प्रहरी दमनको घाेर भर्त्सना गरे । केपि अाेलिकाे राजा शैलीको सवारी झापामा भएकोले मालिककाे भक्तिभाव प्रदर्शन गर्न दलाल सुरक्षा प्रशासनले दमन गरेको हाेला ।
नेता पुनले भने लिपु लेक हाम्रो हाे भन्दा डण्डा बर्षाउने, एनसेलकाे करछलिका बिरुद्ध प्रदर्शन गर्दा दमन गर्ने , निर्मला पन्तका हत्यारालाई कार्वाही गर भन्दा गाेली चलाउने, भ्रष्टाचारीलाई कार्वाही गर भन्दा र महंगि तथा चर्को कर घटा भन्दा दमन गर्ने सामाजिक दलाल फाँसिवादी सरकार सम्पूर्ण रुपले पतन भैसकेको छ । राेम जलिरहेकाे बेला त्यहाको शासक निराेले बाँसुरी बजाएर बसेकाे थयाे रे ।
त्यस्तै नेपालमा पनि देश र जनता कथित कम्युनिस्ट नामको सरकारकाे ज्यादतीका कारण अाक्रान्त छ तर निराेकाे नेपाली अवतार केपि अाेली जनतामा खुसियाली छ भनेर काठमाडौंमा बाँसुली बजाएर बसेका छन् । नेपालका संसदवादी कम्युनिस्टहरू अाफ्नाे सिद्धान्त र अादर्शबाट बिचलित भएर संसदीय पुजिवादकाे पिजडामा थुनिएका सुगा हुन, जस्ले अाफ्नाे माक्र्सवादी भाषा बिर्सिएर बहुलाएका छन् ।
वास्तवमा पिजडामा हालेको सुगा बाेलेकाे हैन कि प्राकृतिक स्वच्छन्दताबाट पिजडनमा कैद भए पछि अाफ्नाे भाषा बिर्सेर बहुलाएकाे हाे जस्ले अाफुले मान्छेको लवज त बाेल्छ तर अर्थ बुझ्दैन । हाे त्यस्तै हुन केपि र प्रचण्डहरु भनेका । नेता पुनले अझै अगाडि बढेर भने अमेरिकामा मासुको लागि पालिएका गाईलाई छिटोछिटो माेटाउनकाे लागि दानामा मासु मिसाएर खुवाउदा गाई त धेरै माेटाएछन् तर सबै बहुलाएछन् । किनकि गाई प्राकृतिक रुपले साकाहारी हाे र उसलाई मासु खुवाउन भनेको अप्राकृतिक कुरा भयाे जसले गर्दा बहुला बनायो ।
त्यस्तै नेपालका कम्युनिस्टहरू पनि अाफ्नाे स्वाभाविक सिद्धान्त सर्वहारा माक्र्सवाद वा क्रान्तिकारी माक्र्सवादलाई परित्याग गरेर निहित स्वार्थका लागि अाफ्नाे सिद्धान्त छाेडेर पुजीवादी हुन खाेज्दा उनिहरु क्षेणिकरुपले माेटाएकाे जस्ता देखिएता पनि वास्तविकतामा बहुलाएका छन् ।
केपि र प्रचण्डको बर्बराहट र असन्तुलन त्यस्कै उपज हाे । कमरेड माअाेले कम्युनिस्टहरु बिग्रिए भने माउकाे अण्डा भन्दा पनि गनाउने खालका हुन्छन् भनेकाे कुरा नेपालका संसदवादी कम्युनिस्टहरूले प्रमाणित गरेका छन् नेता पुनले भने । यिनिहरु नक्कली कम्युनिस्ट भएकोले यिनीहरूको नेतृत्वमा समाजवाद नअाउने भएकोले भ्राममा नपर्न र कमरेड बिप्लवकाे नेतृत्वमा बैज्ञानिक समाजवादी क्रान्ति अगाडि बढेकाले साथ दिन पनि नेता पुनले जनतालाई अपिल गरे ।

सामना परिवारका सह संयाेजक अाराेह नेपालीको सञ्चालन, पाँचथरका जिल्ला इन्चार्ज दर्शनको स्वागत मन्तब्य र जिल्ला सचिव पेम्बा शेर्पाको अध्यक्षतामा सञ्चालित कार्यक्रममा अभियान कर्मि र सामना कलाकारलाई अाैपचारिक स्वागत पनि गरिएको थियोे । जयनारायण अादर्श उच्च माध्यमिक बिद्यालयकाे प्राङ्गणमा भएको कार्यक्रममा शिक्षक, बिद्यार्थी , जनता, स्थानीय ब्यापारी , बुद्धिजीवी र सुरक्षाकर्मी काे उपस्थिति रहेको थियोे ।”mirmireonline बाट साभार





















































