कांग्रेसले संसदको अवरोध कायमै राख्ने

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सरकारविरुद्धको आन्दोलन नरोकिने दोहो¥याएको छ । पूर्व सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापना गरिएको अस्पताल केन्द्र मातहत ल्याउने सरकारले निर्णय गरेपनि कांग्रेसले भने पूर्वघोषित कार्यक्रम नरोकिने जनाएको हो ।

सानेपास्थित पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता विश्वप्रकाश शर्माले डा. गोविन्द केसीको अनसन, भ्रष्टाचार लगायत ठूला मुद्दा बाँकी रहेकाले सरकारको गलत क्रियाकलापविरुद्ध यसअघि घोषणा गरिएका कुनैपनि कार्यक्रम नरोकिने बताउनुभयो । यस्तै वाईडबडी विमान खरिद प्रकरणमा कांग्रेसको अडान कायम रहेको प्रवक्ता शर्माको भनाइ थियो ।

वाइडबडी खरिदमा अर्बौ रुपैयाँ घोटाला भएको बारे कांग्रेसले गम्भीर ढंगले गहिरो छानविन गर्न संसद् र सार्वजनिक रुपमा प्रष्ट रुपमा उठाउँदै आएकाले भ्रष्टाचारको विषयमा कांग्रेस सहकार्य गर्न नसक्ने प्रवक्ता शर्माको भनाई थियो ।

कांग्रेसको केन्द्रीय समिति बैठकले सरकारविरुद्ध आन्दोलनको घोषणा गर्दा एजेण्डाका रुपमा अघि सारेका ६ वटा मुद्दामा वाइडबडी विमानमा भएको भनिएको भ्रष्टाचार प्रकरणलाई स्पष्ट रुपमा उल्लेख गरिएको थिएन । सरकारविरुद्धको आन्दोलनका एजेण्डामा वाइडबडी भ्रष्टाचार प्रकरणमा पार्टी सभापति शेरबहादुर देउवाको नाम मुछिएपछि प्रतिपक्षी कांग्रेसले उक्त एजेण्डा नसमेटेको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।

यस्तै, प्रवक्ता शर्माले स्ववियू निर्वाचन गराउन आफ्नो पार्टी तयार रहेपनि उचित वातावरण निर्माण गर्न सरकारलाई आग्रह गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार