उपत्यकासहित देशभर चिसो

  नयाँ बुलन्द
0 Shares

काठमाडौं : काठमाडौं उपत्यकाको तापक्रम घटेसँगै बुधबार बढी चिसो महसुस गरिएको छ । उपत्यकासहित देशभर चिसो बढेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार बुधबार काठमाडौंको न्यूनतम् तापक्रम १.९ डिग्री सेल्सियस मापन गरिएको छ ।

मंगलबार काठमाडौंको न्यूनतम् तापक्रम ३.३ डिग्री सेल्सियस थियो ।

मौसमविद् गंगा नगरकोटीकाअनुसार राति आकाश खुला भए तापक्रम घट्ने र बदली भए बढ्ने हुन्छ ।

‘तापक्रम घटेपनि यस वर्ष माइनसमा पुग्ने सम्भावना छैन’–उनले भनिन् ।

यस वर्ष सबैभन्दा कम शून्य डिग्रीसम्म पुगेको थियो । अबको केही दिन तापक्रम घटबढ भइरहने बताइएको छ ।

पहाडी भू–भागका एक/दुई स्थानमा हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताइन् ।

बिहीबार पूर्वी पहाडी क्षेत्रमा आंशिक बदली भइ बाँकी भू–भागमा मौसम सफा रहनेछ ।

शुक्रबार पूर्वी र मध्य पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणानुसार बुधबार सबैभन्दा कम जुम्लाको न्यूनतम् तापक्रम माइनस ४.७ डिग्री सेल्सियस रहेको छ ।

सबैभन्दा बढी वीरेन्द्रनगरको अधिकतत् तापक्रम २३.५ डिग्री सेल्सियस मापन गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार