आगलागी पीडितलाई गाउँपालिकाको आर्थिक सहयोग

  नरेन इलामेली
0 Shares

माइजोगमाई : इलामको माइजोगमाई ६ प्याङका आगलागी पीडितलाई गाउँपालिकाले ५० हजार आर्थिक सहयोग गरेको छ ।

गाउँपालिकाले आइतबार एक कार्यक्रमको आयोजना गरी आगलागी पीडित वाङ्दी शेर्पालाई गाउँपालिकाका अध्यक्ष जीतबहादुर राईले ५० हजारको चेक हस्तान्तरण गरे ।

आगलागीबाट शेर्पाको घर पूर्ण रुपले क्षति भएकाले पीडितको पुनः स्थापनाका लागि गाउँपालिकाको विपद व्यवस्थापन कोषबाट आर्थिक सहयोग गरेको गाउँपालिका अध्यक्षका निजी सचिव सञ्जिव थामीले जानकारी दिए ।

शेर्पाको घरमा एक महिना अघि आगलागी हुँदा घर पूर्ण रुपमा क्षति भएकाले हाल परिवारसहित छिमेकी जेम्स शेर्पाको घरमा बस्दै आएका वडा नम्बर ६ का अध्यक्ष भवानीप्रसाद लिङ्दमले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार