सुर्योदय नगरपालिका ६ को कार्यालय पुरानै स्थानमा

  गोपाल गिरी
0 Shares

कन्याम : लामो समयको रस्साकसी र आपसी असमझदारीले टुंगो लाग्न नसकेको वडा कार्यालय सम्वन्धी बिवाद अन्तत टुंगो लागेको छ ।

साविकको ३, ४, ५ र ६ वडालाई समायोजन गरि ६ नम्बर कायम गरिएको सो वडामा वडा कार्यालय निर्माणको लागि वडाबासीले  जग्गा दिएपनि आपसमा सहमति जुट्न नसक्दा समस्या थियो ।

वडा समितिले जग्गाको टुंगो लगाई साविकको स्थानमा नै वडा कार्यालय रहने सहमति भएको वडा सदस्य बीरबहादुर भूजेलले जानकारी दिए । यसअघी समस्या समाधानका लागि वडा सचिव किशोर अधिकारी सहितको  ५ सदस्यीय समिति गठन गरिएको भएतापनि समाधान हुन सकेको थिएन ।

वडा कार्यालयको टुंगो नलाग्दा विभिन्न विकासका कामहरु प्रभावित भएको बाटो निर्माण उपभोक्ता समितिका सदस्य बिजय भूजेलले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार