इलाममा समाजवादी विद्यार्थी फोरमको प्रशिक्षण

  नयाँ बुलन्द
0 Shares

इलाम : समाजवादी विद्यार्थी फोरम इलामको आयोजनामा एक दिवसीय सांगठानिक प्रशिक्षण कार्यक्रम इलामममा सम्पन्न भएको छ ।

पार्टी कार्यालयमा आयोजित कार्यक्रममा वर्तमान शिक्षाको अवस्था र सुधारका लागि समाजवादी विद्यार्थी आन्दोलन, ऐतिहासिक विद्यार्थी आन्दोलनको उपलब्धि र समाजवादी शिक्षा निति, स्वतन्त्र विद्यार्थी युनियन र यसमा समाजवादी विद्यार्थीको भूमिका, मुलुकी देवानी (संहिता) ऐन २०७४ लगायतका विषयमा छलफल भएको थियो ।

कार्यक्रममा समाजवादी विद्यार्थी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष सुवास लावुङ, केन्द्रीय सचिवालय सदस्य रुद्र सुब्बा, केन्द्री सचिवालय सदस्य तथा इलाम इन्चार्ज रञ्जित साम्पाङ, लिम्बुवान प्रदेश समिति मुख्य सचिव केशव पनेरु र संघीय समाजवादी फोरम इलामका सचिव यामप्रसाद लिम्बूले प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा समाजवादी विद्यार्थी फोरम नेपाल आवद्ध ४० बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

समाजवादी विद्यार्थी फोरम इलामका अध्यक्ष रामकुमार लिङदमको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय उपाध्यक्ष लावुङ, केन्द्रीय सदस्य ललन यादव संघीय समाजवादी फोरम प्रदेश १ का सदस्य तथा विद्यार्थी इन्चार्ज विनोद नेम्बाङ, जिल्ला सहसचिव मणीविक्रम योङहाङलगायतले परिवर्तनको हिमायती विद्यार्थी रहेको भन्दै समाजवादी शिक्षाका लागि उच्च मनोबलका साथ लाग्न आग्रह गरेका थिए ।

कार्यक्रमको संचालन समाजवादी विद्यार्थी फोरम इलामकी सचिव शिल्पा राईले गरेकी थिइन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार