इलाम : इलामका अग्रज समाजसेबी तथा नेपाली कांग्रेसका युवा नेता डम्बर खड्काले इलाम नगरपालिकामा ७ मा अवस्थित नारायणस्थान मन्दिरलाई ४० केजीको रु ७५००० मुल्य पर्ने शिवको मुर्ति हस्तान्तरण गरेका छन ।
मन्दिरका पुजारी ज्ञानीराम पोखरेललाई आज मन्दिर परिसरमा आफ्नो धर्मपत्नि प्रमिला खडका सहित पुुुगेर उक्त मुर्ति प्रदान गरेका हुन ।
मुर्ति हस्तान्तरण गर्दे खड्काले आफुलाई धर्मप्रति आस्था भएको बताउदै मन्दिर इलामको ऐतिहासिक धार्मिक क्षेत्र रहेकोले मन्दिरलाई इलाममा मात्र नभएर इलाम बाहिर पनि प्रचारप्रसार गर्नुपर्ने मा जोड दिदै आगामी दिनमा यस मन्दिरका लागि आवस्यक सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।
जिल्लाका बिभिन्न छेत्रमा सहयोग गर्दे आएका खडकाले मठ मन्दिरमा मात्र होइन दुखी गरीबको घरमा समेत सहयोग गर्दै आएका छ्न ।