किरात याक्थुङ चुम्लुङ र फासिङ सजुमद्वारा अग्निपीडितलाई राहत वितरण (भिडियो सहित)

  नयाँ बुलन्द
0 Shares

इलाम : किरात याक्थुङ चुम्लुङ इलाम र याक्थुङ फासिङ सजुम इलामले इलामका आगलागी पीडित विष्णु लिम्बूको परिवारलाई  प्रारम्भिक राहत वितरण गरेको छ ।

पीडितलाई ग्यासको सिलिण्डर, ग्यास चुल्हो, प्रेसरकुकर, भाँडावर्तन लगाय ११ हजार छ सय रुपैयाँ बराबरको राहत सामग्री उपलब्ध गराएको हो ।

चुम्लुङ र फासिङले घटनास्थलमा नै पुगेर पीडित लिम्बू परिवारलाई राहत वितरण गरेको थियो । कार्यक्रममा चुम्लुङका अध्यक्ष गायत्री थेगिम, सचिव राम योङहाङ, कोषाध्यक्ष बुद्धमाया सोङमी, फासिङका अध्यक्ष बखतबहादुर आङदेम्बे, लिम्बू विद्यार्थी मंचका अध्यक्ष अतित योङहाङ लगायतको सहभागिता रहेको थियो ।

आइतबार बिहान इलाम सदरमुकामको एक घरमा आगलागी हुँदा करिब १४ लाख बराबरको धनमाल जलेर नष्ट भएको थियो ।

विहान करिब साढे ६ बजे इलाम नगरपालिका ७ सुन्तलाबारीका मनबहादुर गुरुङको एक तला पक्का र तलामाथि टिनको बेरा र छाना भएको २ तले घरमा  आगलागी भएको हो ।

गुरुङको घरुमा डेरा गरी बसेका बिष्णुमाया लिम्बूको भान्छा कोठाबाट भएको आगलागीबाट  घरको माथिल्लो तला पुर्ण रुपले क्षतिग्रस्त भएको थियो ।

आगलागिबाट नगद  दस लाख सहित सुन, चाँदी, भाँडावर्तन, लताकपडा र अन्नपात गरी करिब चौध लाख  बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

लिम्बूको भान्छा कोठाबाट ग्यासको सिलिण्डर पड्केर आगलागी सुरु भएको प्रहरीले जनाएको छ । करिब १ घण्टापछि स्थानीयबासी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, दमकलको सहयोगमा आगलागी नियन्त्रणमा आएको थियो ।

भिडियो :

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार