इलाम : इलाम स्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा बिएस्सी हर्टिकल्चर अध्ययनरत विद्यार्थी अहिले च्याउ खेतीमा व्यस्त छन् ।
छैठौं ब्याचका सुवास थापा, लक्ष्मी प्रसाद देवकोटा, ईश्वर अधिकारी, भरत बिमर्श, सुवर्ण कडेल, भिजन महत, सन्दिप कठायत, ज्ञानु मोते, रेवन्त झुकाल र गौरव भुषाल हुन् । साथै चौथौं ब्याजका सागर अधिकारी र पाचौं ब्याजका सुरेन्द्र बिष्ट पनि उनीहरुकै टीममा छन् । तिनिहरु यस्ता विद्यार्थी हुन, जसको नाम कलेजमा सधै चर्चा हुने गर्छ । कारण, उनीहरु त्यस्ता विद्यार्थी हुन कि, छुट्टीमा घुमफिर र रमाईलोमा विताउँनुका सट्टा थेउरीटीकल ज्ञानलाई प्रयोगमा उतार्ने गर्छन ।
त्रिभुवन विश्वविद्यालय, अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थाद्धारा मान्यताप्राप्त महेन्द्र रत्न बहुमुखी क्याम्पस इलाम एक मात्र हर्टिकल्चर पढाई हुने क्याम्पस हो । यहाँ अध्ययन गर्ने विद्यार्थीको चाप दिनानुदिन बढ्दो छ । देश कै एक मात्रै कलेज भएका कारण पनि यस विषयमा पढ्नेहरुको चाप बढ्दो छ ।
रमाईलो कुरा के छ भने, उनीहरुले कलेजमा अध्ययनगर्दा पढाईएका विषयलाई नै प्रयोगका रुपमा गरेको च्याउँ खेतीबाट मनग्य आम्दानी पनि गर्छन् । यसबर्षको जाडो बिदामा ‘कन्य च्याउ खेती’ मा व्यस्त भए । कृषिमा व्यवसायिक च्याउ उत्पादन तर्फ उन्मुख देखिएपछि उनीहरुको चर्चा स्थानिय स्तरमा हुन थालेको छ ।
उनीहरुको यो सक्रियता र सिकाइ प्रतिको झुकावलाइ नजिकैबाट नियाल्दै उनिहरुलाई थप जोस, जागर र हौसला दिन जुटिरहेका छन् । स्टुडेन्ड एक्सन ग्रुप अफ हर्टिकल्चरका सागर अधिकारी भन्छन्, ‘यस बिभागमा च्याउ उत्पादन भएको यो दोस्रो पल्ट हो ।’ अधिकारका अनुसार पहिलो पटक गरेको च्याउँ खेतीको तुलनामा दोश्रो निक्कै राम्रो भएको थियो ।
यी उत्पादनहरु स्थानिय बजारमा राम्रो भाउँमा बिक्री हुने उनी बताउँछन् । त्यस्तै छठौं ब्याचका कक्षा प्रतिनिधि लक्ष्मी प्रसाद देवकोटाका अनुसार सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक सिकाइमा परिवर्तन गर्ने समय यो जाडो बिदाले जुराइदिएकोमा हामी खुसी छौ । जुम्ला घर भएका उनी अहिले यहाँ पढाईमा लाग्ने केही रकम अतिरिक्त च्याउँ खेतीबाट आएको रुपैँयाबाट थामथुम गर्दै आएका छन् । पढाईका साथै व्यक्तिगत खर्च गर्नमा पनि यस च्याउँ खेतीबाट केही भरथेक हुने गरेको उनी बताउँछन् ।
कन्य वा पराले च्याउ खेतीमा बजार र माग राम्रो भएकाले पनि आफुहरु यस खेतिलाइ प्राथमिकता दिएको एक विद्यार्थीहरु बताउँछन् । करिव १५ हजार ५ सयमा लगानीमा गरिएको यस च्याउँ खेतीले आफुहरुलाइ थप शैक्षिक गुणस्तरमा सहयोग पुग्ने विद्यार्थीहरु बताउँछन् ।
कन्य च्याउ खेती प्रायः परालमा गरिदै आएको विद्यार्थीहरु वताउँछन् । अन्यथा पराल बाहेक मकैको खोया, खोस्टा, काठको धूलो र छ्वालीमा पनि गर्न सकिन्छ । उनीहरुको यस समूहले पराललाई छानोट गरि ६४ प्लास्टिक झोलामा राखेका छन् । एक विद्यार्थीका अनुसार यसको लागि तापक्रम २०–३० डिग्री सेल्सस र सापेक्षित आद्र्रता ७५र८० प्रतिशत हुनुपर्छ ।
अहिलेसम्म संसारमा ३ हजार ८ सय जातको च्याउको प्रजातिहरु रहेको तथ्य पत्ता लागेको छ । त्यस मध्ये २ हजार जाती खान योग्य च्याउ, १ हजार जाती विषालु च्याउ र २ सय च्याउ औषधियुक्त गुण भएको तथ्य समेत बैज्ञानिक हरुले पत्ता लगाएका छन् । हालसम्म नेपालमा ७२० प्रकारका च्याउका प्रजातिहरुको पहिचान भएको छ ।
जसमध्ये ११० प्रकारका खान हुने र ७५ प्रकारका औषधिको लागि प्रयोग हुने च्याउ रहेका पाइएको छ । २०२८ सालदेखी च्याउ खेती र यसको उत्पादन नेपालमा सुरु भएता पनि २०३७ सालबाट व्यवसायी हिसावले उत्पादन र बजारिकरण भएको तथ्यांकले देखाएको छ ।
च्याउँ खेती गर्न किसानलाइ धेरै जग्गाजमिन, मलजल र सिचाइको खासै आवश्यकता नपर्ने भएकाले निम्न वर्गिय किसानले थोरै जमिनमा पनि सानो टहरा बनाएर गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरणमा हर्टिकल्चरका विद्यार्थीलाई लिन सकिन्छ । इलामको यस कलेजमा अध्ययन गर्दासम्म स्थानिय कृषकहरु माँझ च्याउ खेती, आर्गा्निक बेमौसमी खेती प्रणालि गर्ने तरिका र किन गर्ने भन्ने जनचेतना मुलक ज्ञान पनि दिदै आएका छन् ।
कन्ये च्याउलाई अंग्रेजीमा ‘वयष्टर’ तथा ल्याटीनमा ‘प्लुरोटस’ भन्ने गरिन्छ । फूल नफूल्ने विरुवा अन्तगर्त पर्ने च्याउ फन्जाई वर्गका हुन् । हरितकण नभएको मसिनो धागोको जाली जस्तै हुने यो एक प्रकारको ढुसी हो । यि वनस्पतिमा हरितकण नहुने हुनाले प्रकाश संलेषण गर्न सक्दैनन् ।
यिनीहरु चिसो, ओसिलो र कुहिएको वस्तुमा उम्रन्छन् । हाल नेपालमा सजोरकाजु र ओष्ट्राटस गरी दुई जातको कन्ये च्याउ पाइन्छ र खेती पनि गरिन्छ । यस हर्टिकल्चर अध्ययनरत विद्यार्थीहरुले भने प्लुरोटस अस्ट्रिटस नामक कन्य च्याउको खेती गरेका छन् ।
यस बिभागले बिद्यार्थीको हक हितका लागि विभिन्न तवरबाट शैक्षिक, रचनात्मक र कलात्मक सिकाइलाई सैद्धान्तिक संगसगै प्रयोगात्मक सिकाइमा बिशेष जोड दिईरहेको बताईन्छ ।
स्थापना कालदेखि नै कृषिमा आधुनिकीकरण तथा दिगो कृषि प्रणालीमा टेवा दिर्दै आएको पाईन्छ । यसलाई पूर्णता दिन माटो परिक्षण, कृषि घुम्ती शिविर, आइपिएम, प्लास्टिक घर खेती, रोगकिरा नियन्त्रणका विधि, नर्सरी ब्यवस्थाप न तथा समसामयिक कृषि विषय बस्तुमा छलफल र जनचेतना मुलक विषयमा बढी केन्द्रित भएको पाईन्छ ।
उनीहरुले क्याम्पस प्रशासनले सकारात्मक प्रतिक्रिया दिदै आर्थिक, नैतिक र प्रयोगात्मक सिकाइमा सहयोग गरेको मा सहायक क्याम्पस प्रमुख योगेन्द्रमान श्रेष्ठ, प्रयोगशाला कर्मचारी बिशाल थापा र कार्यलय सहयोगी हिमाल खतिवडालाई बिशेष आभार व्यक्त गरेका छन् ।कृषि डायरी बाट