शहिदको स्मृतिमा फागुन पहिलो साता सातखाल्डे गोल्डकप

  नयाँ बुलन्द
0 Shares

इलाम : सहिदको स्मृतिमा इलाम नगपालिका १ साखेजुङको नेपालटार खेल मैदानमा सातखाल्डे स्मृति फुटवल प्रतियोगिता हुने भएको छ ।

२०१७ सालमा इलामको देउरालीमा तत्कालिन तानाशाहीले निर्ममतापूर्वक हत्या गरेका ७ जना शहिदको स्मृतिमा प्रतियोगिता अयोजना हुने भएको हो ।

नेपाल तरुण दल क्षेत्र नं. ३ को आयोजनामा सञ्चालन हुने प्रतियोगितामा प्रदेश १ का ८ वटा टिमको सहभागिता हुने गरेको छ । प्रतियोगितामा आयोजकसहति इलाम, झापा, मोरङ, पाचथर र ताप्लेजुङका टिम सहभागि हुने छन् ।

विजेताले १ लाख ५ हजार पुरस्कार पाउने प्रतियोगितामा उपविजेताले ५२ हजार रुपैया प्राप्त गर्ने छन् । फागुन १ गते सुरु हुने प्रतियोगिता ७ गतेसम्म चल्ने आयोजक समितिका अध्यक्ष मोहन गुरुङले जानकारी दिए ।

प्रतियोगिताको अनुमानित खर्च ११ लाख रुपैया राखिएको छ । प्रायोजकको खोजी भइरहेको जानकारी गराउदै अध्यक्ष गुरुङले प्रथम पुरस्कार र साउण्ड सिस्टमसहितको सहयोग इलामका समाजसेवी डम्वर खड्काले उपलब्ध गराउने पक्का भएको वताए ।

सहिदप्रति सम्मान जनाउने उदेश्यले २०७३ सालमा पहिलो संस्करण आयोजना गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार