राजदुवालीको सडक साथै आभास क्षेत्रमा खतरा कायमै

  नयाँ बुलन्द
0 Shares


इलाम : 
मेची राजमार्गअन्तर्गतको माइखोला राजदुवालीमाथि राजमार्ग धस्सिएको वर्षौं भइसक्यो । हरेक वर्षायाममा राजमार्गमा चल्ने सयौं सवारीसाधन र यात्रुले जसकारण जोखिम र त्रासमा यात्रा गर्दै आएकाछन् ।अधिल्लो वर्षदेखि इलाम नगरपालिकाले पनि गोलाखर्क भन्ज्याङदेखि राजदुवालीबीचमा पर्ने पुवाखोला जलविद्युत् आयोजनाको ‘पेनस्टक पाइप’ आसपासको १ सय ५० मिटर क्षेत्रमा घर तथा बसोबास गर्न पनि रोक लगाएको छ । जोखिमयुक्त क्षेत्रका रूपमा नगरपालिकाले बसोबासका लागि रोक लगाए पनि यात्रुहरूलाई धस्सिएको सडकमै यात्रा गर्नुको विकल्प छैन ।

यसअघि भौगर्भिक अध्ययन टोलीले राजदुवाली पुलभन्दा माथिको भू–भागमा जग्गा भित्रभित्रै बग्दै गरेको अध्ययनमा देखाएको थियो । काठमाडौंस्थित इटीको नेपाल प्राइभेट लिमिटेडले गरेको अध्ययन अनुसार सतहभन्दा १५ मिटरमुनिको जमिन बग्ने र भासिने गरेको जनाइएको थियो । माइखोलादेखि माथि करिब ३ सय मिटरको

भूभागमा भित्रभित्रै जमिन दब्ने र बग्ने गरेको र त्यसको मर्मत गर्न ११ करोड ९० लाख रुपैयाँ खर्च लाग्ने पनि जनाइएको थियो । अध्ययनमा त्यहाँको सतहभन्दा करिब २० देखि २५ मिटर तलसम्म रड राखेर एंकरिङ गर्ने र कंक्रिट वाल निर्माण गर्ने सुझाव दिइएको थियो । सो क्षेत्रमा करिब १० वर्षयता सडक भासिने र बग्ने क्रम जारी छ ।

चालू आर्थिक वर्ष २०७२÷७३ मा राजदुवालीमाथिको ३०० मिटर सडकलाई मर्मत गर्न पाँच करोड रुपैयाँमा ठेक्का दिइएको छ । ‘त्यहाँ समस्या निकै छ ।

आर्थिक वर्ष २०७१÷०७२ मा सो क्षेत्र मर्मतका लागि दुई करोड रुपैयाँ बजेट विनियोजित भएको थियो । अहिले भने धस्सिएको सडकमा ग्राभेल हालेर सडक सम्याउने काम गरिँदै छ ।

त्यसो त विगतमा पनि सो सडकको विकल्प खोज्न जिल्लामा थुप्रै बहस पनि चलेकै हुन् । बहस पनि बहसमै सिमित हुँदा सो सडकबाट निम्तिन सक्ने खतरा कायमै छ । ‘वैकल्पिक बाटोको पनि कुरा भएकै हो । तर, बैकल्पिक बाटो बनाउनु भन्दा रक एंकरिङ गरेर मर्मत गर्दा नै कम खर्च लाग्ने अनुमान गरिएपछि सोही अनुसार काम पनि भइरहेको छ तर त्यो पनि प्रभावकारि भने दिखिएको छैन  ।

बर्सेनी जोखिम बढ्दै गएको सो क्षेत्रमा यदि अवरोध भएमा इलाम मात्र नभएर पाँचथर, ताप्लेजुङसम्मका नागरिकलाई प्रत्यक्ष असर पर्छ । त्यति मात्र नभएर धस्सिएको जमिनबाट राजदुवालीको आभास क्षेत्रमा पनि खतरा आइलाग्ने दैवी प्रकोपका जानकारहरू बताउँछन् ।

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार