काठमाडौं : पहिलो संविधानसभाबाट संविधान निर्माण अनिश्चितसँगै बढेको राजनीतिक उथलपुथलले देशैभरी जातीय र आपराधिक समूह सल्बलाए । ‘जनप्रतिनिधिको जनतासँग विश्वास गुमेको’ भन्दै ०६७ जेठ २३ गते जनकपुरमा नयाँ सशस्त्र समूह गठन गरियो । मधेस–पहाडका ६ जिल्लामा हिंसात्मक गतिनिधि मच्चाउने संगठनको महासचिव र प्रवक्ता बने विजय थापा अर्थात् शिवा ।
ओखलढुंगाको सिसनरी ४ का थापा त्यही व्यक्ति हुन् जसले चिकित्सा शिक्षामा सुधारका माग गर्दै १६ औं अनशन थालेका डा. गोविन्द केसीको विरोधमा इलाममै पुगेर अनशन बसे ।
तराई–मधेसमा सशस्त्र समूहको हिंसात्मक गतिविधि तीव्र बनेका बेला ०६७ जेठ २३ गते राति जनकपुरमा संयुक्त क्रान्तिकारी संयुक्त मुक्ति मोर्चा नामको सशस्त्र समूह गठन भयो, जसको कमाण्डर बलबरि सिंह, महासचिव थापा र सैन्य प्रमुख विरेन्द्र सदा तोकिए । –कान्तिपुर दैनिकबाट